शनिबार, बैशाख ८, २०८१

आज बालाचतुर्दशी पर्व: दिवंगत पितृ उद्धारका लागि सतबिज छरिंदै

फाइल फोटो

काठमाडौं मंसिर १७,
आज बालाचतुर्दशी पर्व अर्थात आजको दिन आज दिवंगत पितृ उद्धारका कामना गदै आज पशुपतिलगायत विभिन्न शिवालयमा शतबीज अर्थात [धान, जौ, तिल, गहुँ, चना, मकै, कागुनो] छरेर बालाचतुर्दशी मनाइँदैछ । प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वको अवसरमा देशका विभिन्न स्थानबाट आएका श्रद्धालु भक्तजनको उपस्थितीसंगै आज पशुपतिमानाथ मन्दिरमा दर्शनार्थीको भीड लागेको छ ।

प्रत्येक वर्ष मंसिर कृष्ण चतुर्दशी अर्थात् आजैका दिन छरेको सतबीज दिवंगत भएका आफन्तले पाउँछन् भन्ने धार्मिक विश्वास सहित मनाउँने गरेको यस पर्वको अवसरमा भगवान् शिव मृगरुप लिएर घुम्नु भएको पूण्यक्षेत्र पशुपतिमा आजका दिन एक गेडा बीज छर्दा एक गेडा सुन दान गरेबराबरको पूण्य मिल्ने र दिवंगत आत्माले मुक्ति पाउने धर्मसास्त्रमा उल्लेख रहेको पाइन्छ ।

यसअघि मार्गकृष्ण त्रयोदशीको दिन अर्थात बालाचतुर्दशीको अघिल्लो रात दिवंगत पितृका नाममा दीपदान एवम भजनकीर्तन सहित पशुपतिनाथलगायतका शिवालयक्षेत्रमा रहेको कैलाश डाँडा, ठूलो महास्नानघर, घयाम्पो पाटी, बज्रघर, राममन्दिर, राजराजेश्वरी, बाग्मतीपारि, लगायतका ठाउँमा बत्ती बाली जाग्राम बसेका    थिए  ।

यसैवीच बालाचतुर्दशीसँग जोडिएको एक महत्वपूर्ण आख्या यस्तो रहेको छ:  पशुपतिको मुर्दाघाटमा बस्ने ‘बालानन्द’ नामका एक मानिस खाजा खान लाग्दा त्यसै बखत पोलिएको शवको टाउको फुट्न गई उछिट्टिएको गिदी उनको च्युरामा परेको थियो । सो गिदीसँगै च्युरा खाँदा झन् मीठो भएकाले त्यसै बेलादेखि उनी मुर्दाको गिदी खान पल्किए । त्यसपछि मानिसको गिदी खाने तथा लामालामा दाह्री, जुँगा र कपालले गर्दा मानिस डराई उसलाई बालासुर राक्षस भन्न थालेको र त्यसै बखत उसको राम्रो परिचय पाएका एक जना थकाली बूढाको सल्लाहअनुसार स्थानीय बासिन्दाले बालासुरको मित वृषसिंहमार्फत उसलाई मार्न लगाएको कथा पनि प्रचलित छ ।

आफ्ना मितको हत्याबाट छट्पटाएका वृषसिंहलाई एक रात सपनामा भगवान् शिवजीले दर्शन दिई शतबीज छर्ने आज्ञा दिनुभएको थियो । मार्गकृष्ण चतुर्दशीका दिन श्लेषमान्तक वनको वरिपरि शतबीज छर्दा बालासुर वैतरणी तरेर गएकाले त्यसै बेलादेखि यस दिनलाई बालाचतुर्दशी भनी दिवङ्गत आत्माको शान्तिका लागि शतबीज छर्ने गरिएको स्तुती पाइन्छ ।