बिहिबार, चैत्र १५, २०८०

आज थप २६४ जनामा कोभिड संक्रमण पुष्टि, २ को मृत्यु

काठमाडौ पुस १३,
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले वितेको पछिल्लो २४ घण्टामा थप २६४ जनामा कोभिड संक्रमण पुष्टि भएको जनाएको छ। ८ हजार ५३६ जनाको पीसीआर परीक्षणको क्रममा २४१ जना र ४ हजार ३० जनाको एन्टीजेन परीक्षणको क्रममा २३ जना गरी २६४ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै यसवीचमा २६० जना संक्रमणमुक्त भएका छन् भने २ जनाको संक्रमणका कारण मृत्‍यु भएको मन्त्रालयले जनाएकोछ । समग्रमा आज पहिचान भएका संक्रमितसंगै नेपालमा कुल संक्रमितको संख्या ९ लाख २३ हजार ९३७ पुगेको छ ।

त्यस्तै संक्रमण मुक्त हनेको सख्या ८ लाख ११ हजार २६५ जना पुगेको छ भने संक्रमणका कारण निधन हुनेको सख्या ११ हजार ५८८ पुगेको मन्त्रालयले जनाएको छ। यस्तै मन्त्रायले नेपालमा नेपालमा ४ हजार ९१० जनामाकोभिडको सक्रिय संक्रमण रहेको र यसमध्ये ८४ जनाको आईसीयू र २२ जना भेन्टिलेटरमा उपचार भइरहेको जनाएकोछ ।