शुक्रबार, बैशाख १४, २०८१

आज क्रिश्चियन समुदायको महान पर्व क्रिसमस विभिन्न कार्यक्रम सहित मनाइदै

काठमाडौ पुस १०,
आज क्रिश्चियन समुदायको महान पर्व अर्थात क्रिश्चियन धर्मका संस्थापक येशू ख्रीस्टको जन्म जयन्ती सम्वद्ध समुदायले देशभरका चर्चमा प्रार्थना लगायत कार्यक्रम गरी मनाइँदै छ ।

सर्वसाधारण मानिसलाई अन्याय, अत्याचार र विभेदबाट मुक्ति दिलाउनका लागि जेरुसेलमको बेथलेहममा कन्या मारियमको कोखबाट येशुको जन्म भएको र उहाँको जन्म भएको खुसीयालीमा यो पर्व मनाउँन थालिएको राष्ट्रिय ख्रिस्टियन महासङ्घले जनाएको छ ।

प्रत्येक वर्ष डिसेम्बर २५ तारिखका दिन मनाइने यो दिवसको अवसरमा उपत्यकाका ठमेल, दरबारमार्ग, बौद्ध, भक्तपुर, ललितपुर लगायत स्थानमा ‘क्रिसमस ट्रि’ बनाएर सजाइएको छ । प्राप्त पछिल्लो तथाङक अनुसार देशभर १२ हजारभन्दा बढी चर्च र ३० लाख भन्दा बढी क्रिश्चियन समुदाय रहेको राष्ट्रिय ख्रीष्टियन महासंघले जनाएको छ । पर्वको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।