शनिबार, बैशाख ८, २०८१

आजबाट ७ प्रदेशका ५७ जिल्लामा बालबालिकालाई लक्षित कोभिड विरुद्धको मोडर्ना खोप अभियान शुरु

काठमाडौ पुस ४,
मन्त्रालय तथा जनसख्या मन्त्रालयले आजबाट बालबालिकालाई लक्षित देशका ५७ जिल्लामा कोभिड विरुद्धको मोडर्ना खोप अभियान सुरु गरेको छ । प्रस्तुत अभियान अन्र्तगत १२ देखि १७ वर्षसम्मका करिब १८ लाख बालबालिका लक्षित रहेको मन्त्रालयले जनाएको छ। आगामी पुस १४ गतेसम्म जारी रहने यस खोप अभियान अन्र्तगत पहिलो मात्रा खोप लगाएका बालबालिकाले माघ २ देखि १२ गतेसम्म दोस्रो मात्रा लगाउने तयारी समेत भएको मन्त्रालयले जनाएको छ।

त्यस्तै अभियान प्रदेश नं १ का ११ जिल्ला क्रमस ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, ओखलढुंगा, खोटाङ, भोजपुर, धनकुटा, तेह्रथुम, पाँचथर, इलाम र उदयपुर त्यस्तै गरि प्रदेशन २को ५ जिल्ला क्रमस सिराहा, महोत्तरी, सर्लाही, रौतहट र बाराका स्थानीय विद्यालयमा खोप लागाइने जनाएको छ ।

त्यस्तै बागमती प्रदेश अन्र्तगतका ७ जिल्ला दोलखा, सिन्धुपाल्चोक, रसुवा, धादिङ, रामेछाप, नुवाकोट र मकवानपुर रहेका छन । त्यस्तै गण्डकी प्रदेश गोरखा, मनाङ, मुस्ताङ, म्याग्दी, लमजुङ, तनहुँ, नवलपरासी पूर्व, स्याङजा र पर्वत गरी ९ जिल्ला त्यस्तै गरि लुम्बिनी प्रदेशका ९ जिल्ला रुकुमपूर्व, रोल्पा, प्यूठान, गुल्मी, अर्घाखाँची, पाल्पा, नवलपरासी पश्चिम, कपिलवस्तु र बर्दिया र कर्णाली प्रदेशका ९ जिल्ला क्रमस डोल्पा, मुगु, हुम्ला, जुम्ला, कालिकोट, दैलेख, जाजरकोट, रुकुम पश्चिम र सल्यानमा खोप अभियान सञ्चालन हुने जनाएको छ।

सुदूरपश्चिम प्रदेश बाजुरा, बझाङ, दार्चुला, बैतडी, डोटी, अछाम र कञ्चनपुर गरी सात जिल्लामा अहिलेसम्म नेपालमा ३६ लाख ५१ हजार दुइ सय मोर्डना खोप आइसकेको छ ।