शुक्रबार, चैत्र १६, २०८०

आजदेखि कांग्रेसको प्रदेश अधिवेशन सुरु, सवै प्रदेशमा संस्थापन र इतर समूहवीच छुट्टाछुट्टै प्यानलमा प्रतिस्प्रर्धा

कांग्रेस सभापति देउवाले प्रदेशसभा अधिवेशनको भर्चुअल माध्यमबाट एकैपटक उद्घाटन गर्दै

६१ जिल्लामा पार्टीको जिल्ला अधिवेशन सम्पन्न

काठमाडौं मंसिर १६,
नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत आजदेखि प्रदेश अधिवेशन सुरु भएको छ । कांग्रेसको केन्द्रीय निर्वाचन समितिका अनुसार आज प्रदेश २ बाहेक बाँकी सबै प्रदेशमा अधिवेशन उद्घाटन हुने बुझिएकोछ । सर्लाही जिल्लामा प्रदेश सभा क्षेत्रीय अधिवेशन हुन नसक्दा यस प्रदेश प्रदेश अधिवेशनको ण्द्घाटन आज गर्न संभव नभएको बुझिएको छ।

प्राप्त जानकारी अनुसार आज मुलुकको ७ प्रदेशको प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले भर्चुअल माध्यमबाट एकैपटक उद्घाटन गर्ने तयारी रहेको छ । प्रदेश एकको अधिवेशन विराटनगर, प्रदेश २ को जनकपुर, बागमती प्रदेश अधिवेशन हेटौंडा, गण्डकीको कर्णाली, लुम्बिनी अधिवेशन भैरहवा, कर्णालीको सुर्खेत र सुदूरपश्चिम प्रदेशको अधिवेशन धनगढीमा हुने भएको छ। मुलुक संघीय संरचनामा गएयता कांग्रेसमा पहिलो पटक प्रदेश कमिटी बन्नको पूर्ण संरचना सहित सात वटै प्रदेशमा प्रदेश कमिटी चयन गर्ने तयारी गरेको हो ।

यसैवीच प्रदेश नेतृत्वका लागि कांग्रेसभित्र संस्थापन र संस्थापन इतर समूहले छुट्टाछुट्टै प्यानल बनाएका छन् । प्राप्त जानकारी अनुसार प्रदेश न १मा पूर्वमहामन्त्री कृष्णप्राद सिटौलाको उम्मेदवार उद्धव थापालाई संस्थापन समूहले समर्थन गरेका छन भने संस्थापन इतर समूहबाट केन्द्रीय सदस्य गुरु घिमिरे र प्रदेश १ का संसदीय दलका नेता राजीव कोइराला सभापतिका लागि आकांक्षी देखिएका छन ।

त्यस्तै प्रदेश न २मा उम्मेदवारको कुनै टुंगो लागिसकेको छैन् । त्यस्तै बागमती प्रदेशमा सभापतिका लागि तीन जनाले उम्मेदवारी घोषणा गरेका छन् । संस्थापन समूहबाट कांग्रेस मकवानपुर सभापति इन्द्र बानियाँ, सस्थापन इतर समूहबाट जगदीश्वर नरसिंह केसी र सिटौला समूहबाट भीमसेनदास प्रधान उम्मेदवार बनेका छन् ।

त्यस्ते गण्डकी प्रदेश सभापतिका लागि संस्थापन समूहबाट केन्द्रीय सदस्य अर्जुन जोशीले उम्मेदवारी घोषणा गरिसकेका छन् भने संस्थापन इतर समूहले उम्मेदवारको टुंगो लगाउन सकेका छैन ।

लुम्बिनीमा संस्थापन समूहबाट सांसद भरत शाह उम्मेदवार बन्दैछन् भने पौडेल समूहले कांग्रेस रोल्पाका पूर्वसभापति अमर पुनलाई उम्मेदवारका रुपमा अगाडि सारेको छ । कर्णालीमा संस्थापन समूहले उम्मेदवार टुंग्याइसकेको छैन भने पौडेल समूहबाट नेता भुपेन्द्रजंग शाही प्रदेश सभापतिको उम्मेदवार बनेका छन् । सुदूरपश्चिममा संस्थापन र इतर समूहले उम्मेदवारको टुंगो लगाउन सकेको छैन ।

केन्द्रीय निर्वाचन समितिका अनुसार शुक्रबार उम्मेदवारको मनोनयन दर्ता हुनेछ भने शनिबार मतदान हुनेछ । प्रदेश अधिवेशनका लागि प्रदेशसभा निर्वाचन समितिबाट निर्वाचित प्रदेश महाधिवेशन प्रतिनिधि र केन्द्रीय महाधिवेशन प्रतिनिधि मतदाता रहने कांग्रेस विधानत व्यवस्था रहेको छ  ।

यसैवीच नेपाली कांग्रेसले १४औँ महाधिवेशनअन्तर्गत बुधबारसम्म ६१ जिल्लामा पार्टीको जिल्ला अधिवेशन सम्पन्न गरेको छ । यसबाहेक सबै जिल्लाका कूल १६५ प्रतिनिधि सभा निर्वाचन क्षेत्र र ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन सम्पन्न भइसकेको पार्टीको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।