बिहिबार, चैत्र १५, २०८०

अविरल वर्षाका कारण देशभर विद्युत् सेवा अवरुद्ध

काठमाडौ पुस १४,
बुधबार बिहानै देखिको वर्षाले देशभर विद्युत् सेवा अवरुद्ध बनेको छ । बुधबार बिहानैदेखि देशभर परेको वर्षाले २०० मेगावाट विधुत अवरुद्ध भएको नेपाल विधुत प्राधिकरणले जनाएको छ ।

सहरी क्षेत्रमा इन्टरनेटको तार सर्ट हुँदा तथा अन्य क्षेत्रमा रुख ढलेर प्रसारण लाइनमा क्षति गर्दा विधुत अवरुद्ध भएको हो । प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईले यतिबेला २०० मेगावाट विधुत अवरुद्ध भएको बताए ।

काठमाडौं सहित महेन्द्रनगर, बुटवल, बिराटनगर, बीरगंज लगायत क्षेत्रमा अवरुद्ध प्राधिरणले जनाएको छ ।