बिहिबार, चैत्र १६, २०७९

१ हजार दरको १ सय १५ थान नक्कली नेपाली रुपैयाँ सहित २ जना पक्राउ

काठमाडौं पुस ४ ,
मलंगवा नगरपालिका ८ गोरखकालीस्थित भन्सार कार्यालय अगाडिबाट १ हजार दरको १ सय १५ थान गरी जम्मा १ लाख १५ हजार नक्कली जस्तो देखिने नेपाली रुपैयाँ सहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा भारत बिहार राज्य सितामढी थाना सोनवर्षा ग्राम सोनवर्षा-६ चिलरी टोल बस्ने ३७ वर्षीय आशिष भन्ने सुरेन्द्र महतो र भारत बिहार राज्य सितामढी थाना सोनवर्षा ग्राम लालबन्दी चिलरी९१ बस्ने ४८ वर्षीय प्रमोद कुमार रहेका छन् ।

नेपालबाट भारतको सोनवर्षातर्फ जाँदै गरेको बीआर ३० वाई ४१३९ नम्बरको मोटरसाइकललाई नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबाट खटिएको संयुक्त टोलीले जाँच गर्ने क्रममा उनीहरुको शरीर तथा मोटरसाइकल तलासी गर्दा मोटरसाइकलको डिक्की र सिटको बिचको भागबाट उक्त नक्कली जस्तो देखिने रुपैयाँ फेला पारी दुवै जनालाई पक्राउ गरेको हो ।

साथै उनीहरुको साथबाट विभिन्न दरका १ सय ७० नेपाली रुपैयाँ र विभिन्न दरका ४७ हजार ५ सय १० भारतीय रुपैयाँ समेत प्रहरीले बरामद गरेको जनाउदै यस सम्बन्धमा आवश्यक थप अनुसन्धान भइरहेको जनाएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2021
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930