काठमाडौं मंसिर २३,
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १२ देखि १८ वर्षसम्मका करिब १८ लाख बालबालिकालाई पुस ४ गतेदेखि कोभिड विरुद्धको खोप लगाइने भएको छ। मन्त्रालयले उक्त उमेर समुहका लागि मोडर्ना र फाइजर खोप लगाउने निर्णय गरेअनुसार पुस ४ गतेदेखि मोडर्ना खोप लगाउने तयारी भएको जानकारी दिएको हो ।
साथै ५७ जिल्लाका विद्यालयबाट प्रस्तुत खोप अभियान संचालन हुने जनाउदै खोप अभियानका लागि विद्यालयमा खोप केन्द्र तोक्ने जिम्मा स्थानीय तहलाई दिइएको जानकारी समेत दिएको छ।
त्यस्तै यसअघि फाइजर खोप संचालन भएका काठमाडौं, भक्तपुर, ललितपुर, सिन्धुली, मोरङ, सुनसरी, सप्तरी, पर्सा, झापा, धनुषा, चितवन, काभ्रे, कास्की, बागलुङ, रुपन्देही, दाङ, बाँके, सुर्खेत, कैलाली र डडेलधुराबाहेकका जिल्लाका जिल्लामा मोडर्ना खोप अभियान संचालन हुने र पछि फाइजर खोप अभियान समेत सञ्चालन गरिने तयारी रहेको जनाको छ।
त्यस्तै नेपालमा गत शुक्रबार र आज गरी ३६ हजार ५१ हजार ६०० डोज मोडर्ना खोप आइसकेको छ। आगामी आइतबार १९ लाख ६५ हजार ६०० डोज मोडर्ना खोप नेपाल भित्रिने जनाएको छ।