सोमवार, बैशाख ३, २०८१

सिंह र निधि र देउवावीच वीच त्रिपक्षिय सहमति, दुवै नेताले सभापतिमा देउवालाइ सघाउने

काठमाडौं मंसिर २८,
नेपाली काँग्रेसको १४औं महाधिवेशन अन्र्तगत नयाँ नेतृत्वको लागि सोमवार भएको पार्टी सभापतिको निर्वाचनमा तेस्रो स्थान हासिल गर्नुभएको नेता प्रकाशमान सिंहले शेरबहादुर देउवालाई समर्थन गर्ने बताउनुभएको छ ।

काँग्रेसको पहिलो चरणमा प्रथम स्थान प्राप्त गर्नुभएका प्रधानमन्त्री देउवा र नेता सिंहवीच आज क्षेत्रपाटीस्थित सिंह निवास चाक्सिबारीमा भएको छलफलको क्रममा यहाँहरुवीच राजनैतिक लेनदेनको सहमति भएसंगै नेता सिंहले सभापति देउवालाइ समर्थन गर्ने जनाउ दिनुभएको स्रोतको दावी रहेको छ ।

त्यस्तै नेता सिंहसंगको भेटवार्ता पछि लगत्तै देउवा निर्वाचनको क्रममा चौथौंस्थान प्राप्त् गरेका विमलेन्द्र निधिवीच पनि भेटवार्ता भएको छ । उहाँहरुवीचको भेटवार्ताको क्रममा नेता निधिले पनि दोस्रो चरणको निर्वाचनमा देउवालाइ सहयोग गर्ने बचन दिनुभएको देउवा निकटका नेताहरुको दावी रहेको छ।