मङ्लबार, बैशाख ४, २०८१

सहकारीबाट नगद ७ लाख ५ हजार रुपैयाँ चोरी

भक्तपुर पुस २
मध्यपुरठिमी नगरपालिका(१ लोकन्थलीस्थित दक्षिणकाली महिला वचत तथा ऋणसहकारी लिमिटेडबाट नगद ७ लाख ५ हजार रुपैयाँ गए राति चोरी भएको छ । प्रहरीका अनुसार उक्त सहकारी रहेको भवनको मेन गेटको ताला फुटाई प्रवेश गरी दराजभित्र राखेको उक्त नगदचोरी भएको जनाएकोछ ।

महानगरीय प्रहरी वृत्त ठिमीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।