बिहिबार, चैत्र १६, २०७९

समयले सुम्पेको कार्यभारमा हामी चुक्यौं भने इतिहासले हामीलाई क्षमा गर्ने छैन :नेता थापा

अग्रजहरूको बलिदान र भावी संन्ततीको सपनाको स्मरण गर्दै विवेकपूर्ण निर्णय संगै डा. कोइरालालाई आफ्नो अमूल्य मत दिन आग्रह

काठमाडौं मंसिर २८ ,

नेपाली कांग्रेसका राजधानीमा जारी १४औं महाधिवेशनको क्रममा नयाँ नेतृत्वको लागि लागि भएको निर्वाचनमा सभापतिका उम्मेदवार मध्ये कसैको पनि बहुमत नपुगेसंगै आज पुन हुन लागेको दोस्रो चरणको निर्वाचनलाइ लक्षित गर्दै काँग्रेस नेता तथा प्रस्तुत निर्वाचनमा महामन्त्रीका उम्मेद्वार समेत हेका गगन थापाले आफ्नो प्यानलका नेता डा।शेखर कोइरालालाई मत दिएर विजयी गराउन अपिल तमाम महाधिवेशन प्रतिनिधहरुलाइ आग्रह गरेका छन । नेता थापाले उक अपिल जारी गर्दै कांग्रेस १४औं महाधिवेशन मार्फत नेतृत्व परिवर्तनका पक्षमा देखिएको उत्साहलाइ सार्थ बनाउन डा।कोइरालाको पक्षमा मत हाल्न आग्रह गर्नुभएको हो ।

त्यस्तै नेता थापाले अपिल मार्फत तपाईंको विवेकपूर्ण एक मत हाम्रो पार्टी र मुलुकको भविष्य बदल्ने प्रस्थान- विन्दु हुनेछ भन्दै । एकपटक आफ्नो हृदयलाई सोधेर, हाम्रा अग्रजहरूको बलिदान र भावी संन्ततीको सपनाको स्मरण गर्दै विवेकपूर्ण निर्णय गर्न र पार्टी रुपान्तरणको लागि डा. शेखर कोइरालालाई आफ्नो अमूल्य मत दिएर सभापति पदमा विजयी गराउन पुनः हार्दिक अपील गर्नुभएको छ ।

नेता थापाले जारी गरेको अपिल जस्ताको त्यस्तै :

आदरणीय महाधिवेशन प्रतिनिधिज्यूहरू,

नेपाली कांग्रेस १४औं महाधिवेशनको दौरान हिजो सम्पन्न निर्वाचनमा तपाईंहरूले पार्टी रुपान्तरण र नेतृत्व परिवर्तनका पक्षमा देखाउनु भएको उत्साह र उपस्थितिले अब पार्टी नयाँ ढङ्गले अगाडि वढ्नुपर्छ भन्ने कुराको स्पष्ट संकेत गरिसकेको छ । तपाईंहरुले पार्टी रुपान्तरणको लागि देखाउनुभएको यो अदम्य साहस र आँटको म खुलेर प्रशंशा गर्दछू । सभापति चयनका लागि दोस्रो चरणमा पुग्नु भनेको विद्यमान नेतृत्वको निरन्तरताका विपक्षमा तपाईंको चाहना हो भन्ने म ठान्दछु । अब त्यो चाहनालाई मतपत्र मार्फत प्रकट गर्ने क्षण आएको छ । नेपाली कांग्रेसको राजनीतिक जीवनमा यो अत्यन्त दुरगामी महत्वको निर्णय गर्ने क्षण हो । यस घडीमा इतिहासले हामीसंग त्यही असाधारण निर्णय लिन आव्ह्वान गरिरहेको छ । देशभर छरिएर रहेका कांग्रेसजन, सुभेच्छुक तथा आम जनताले आज त्यस्तो निर्णय लिनसक्ने क्षमता, साहस र त्यागको अपेक्षा गरिरहेका छन । इतिहासको आव्हानलाई स्वीकार्दै आम अपेक्षा अनुरुप कांग्रेस पुनर्जागरण र रुपान्तरणको यात्रा यो महाधिवेशनबाट तय गर्न सक्नुपर्छ । त्यसको आरम्भ आज तपाईंको मतमार्फत हुनेछ भन्नेमा म विश्वस्त छु ।

महाधिवेशन लगत्तै हामी तीन तहको निर्वाचनमा होमिनुपर्नेछ, त्यस निर्वाचनमा पार्टीले एक्लै जित्ने वनाउन लाखौं मतदातालाई आकर्षित गर्नु पर्दछ, त्यसको लागि नयाँ उत्साह र जागरण आवश्यक छ। हामीले आज त्यो उत्साहको संचार गर्न सक्नैपर्छ । संविधान कार्यान्वयनको सफल नेतृत्व गर्न, राजनीतिमा देखिएका अनेकन वेथितिको अन्त्य गर्न र पार्टीलाई विधि र थितिमा वदल्न पनि नेतृत्वमा परिवर्तन अपरिहार्य छ । के अहिलेकै शैली र नेतृत्वको निरन्तरताबाट त्यो भूमिका संभव होला त?  हामी सँग धेरै अलमल गर्ने समय छैन, तत्काल हामीले निर्णय लिनुपर्नेछ । आफ्नो अन्तरमनको आवाज सुनेर निर्णय गर्ने बेला आएको छ । विगतमा बीपी कोइरालाले अनेक पटक अन्तरमनको आवाज सुनेर यस्तै निर्णय गर्नुहुन्थ्यो, गणेशमान सिंह पनि त्यसको अपवाद हुनुहुन्थेन। आजको गलत निर्णयले हामीले आगामी चार वर्ष मात्र होइन अझै लामो समय पछुताउने पर्नेछ । इतिहासमा गल्ती एक क्षणको हुन्छ तर पुस्तौं ले पछुताउनु पर्दछ । त्यसैले हामीलाई त्यो गल्ती गर्ने छुट किमार्थ पनि छैन।

समुन्नत नेपाल सम्मानित नेपाली को सपना, यो पुरा गर्नका लागि चाहिने वैचारिक स्पष्टता, त्यसका लागि चाहिने सांगठनिक आधार र जुझारु नेतृत्व कांग्रेसले दिन सक्छ कि सक्दैन यो नै १४औं महाधिवेशनको मुल चुनौती हो । यो पटक हामी चुक्यौं र समयले सुम्पेको कार्यभारलाई हामीले आफ्नो कर्मद्वारा प्रमाणित गर्न सकेनौं भने इतिहासले हामीलाई क्षमा गर्ने छैन।

त्यसैले, आज निर्णय गर्ने बेला आएको छ, तपाईंको एक भोट आज यो मतदानको लाईनमा आउन नसकेका ती तमाम नेपालीको सपना र आशासँग पनि जोडिएको छ । तपाईंको विवेकपूर्ण एक मत हाम्रो पार्टी र मुलुकको भविष्य बदल्ने प्रस्थान९विन्दु हुनेछ । एकपटक आफ्नो हृदयलाई सोधेर, हाम्रा अग्रजहरूको बलिदान र भावी संततिका सपनाको स्मरण गर्दै विवेकपूर्ण निर्णय गर्न र पार्टी रुपान्तरणको लागि डा। शेखर कोइरालालाई आफ्नो अमूल्य मत दिएर सभापति पदमा विजयी गराउन पुन: हार्दिक अपील गर्दछु। जय नेपाल !

गगन कुमार थापा
मिति २०७८ मंसिर २८

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2021
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930