काठमाडौं पुस ४,
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप १८१ जनामा कोभिड संक्रमण पुष्टि भएको जनाएको छ । मन्त्रालयले दिएको जानकारी अनुसार देशभरका विभिन प्रयोगशालामा ४ हजार ८ सय ३१ जनाको पीसीआर परीक्षणको क्रममा १३३ जना र ५ हजार ४१ जनाको एन्टिजेन परीक्षण गर्दा ४८ जना उल्लेखित सख्यामा संक्रमितको पहिचान भएको जनाएको हो ।
यस्तै मन्त्रालयलले देशभर सक्रिय संक्रमितको संख्या ५ हजार २७१ जना रहेको जानकारी दिदै संक्रमणबाट १ जनाको मृत्यु भएको जनाएको छ । साथै यसवीचमा २८९ जना संक्रमित उपचारपछि डिस्चार्ज भएको जानकारी दिदै हालसम्म नेपालमा संक्रमण मुक्त हुनेको सख्या ८ लाख ८ हजार ९२ जना पुगेको जनाएको छ।