बिहिबार, चैत्र १६, २०७९

रामकुमार मृत्यु प्रकरण: सर्लाहीमा प्रहरी र प्रदर्शनकारीवीच दोहरो झडप, जि.प्र.काद्दारा निषेधाज्ञा जारी

काठमाडौ पुस १३,
सर्लाहीको ईश्वरपुर नगरपालिकास्थित बयलवास बजार क्षेत्रमा मङ्गलबार दिउँसो ३ बजेदेखि बुधबार साँझ ७ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ । प्रहरी भ्यानको ठक्करबाट ईश्वरपुर नगरपालिका–५, सखुबनी खुबलाल टोलका ३० वर्षीय रामकुमार महतोको मृत्यु भएको घटनालाई लिएर शुरु भएको जन प्रदर्शन उग्र बन्न थालेसंगै जिल्ला प्रशासन कार्यालय सर्लाहीले निषेधाज्ञा जारी गरेको हो ।

जारी निषेधाज्ञा आदेश इलाका प्रहरी कार्यालय केशरगञ्जबाट पूर्व ईश्वरपुर नगरपालिका ४ सागरनाथ टोलसम्म, पश्चिममा ईश्वरपुर नगरपालिका ८ रामपुर टोलसम्म, उत्तरमा वडा नं। ५ सखुवनी टोलसम्म र दक्षिणमा ईश्वरपुर नगरपालिका ९ खोरिया टोलसम्म निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ ।

त्यस्तै प्रशासनकोतर्फबाट जारी सूचनामा जनप्रदर्शनको नाममा सार्वजनिक सम्पतिमा तोडफोड, आगजनीलगायत विरोध प्रदर्शनका कारण सर्वसाधारणको सुरक्षाका लागि निषेधाज्ञा जारी गरिएको उल्लेख गर्दै निषेधाज्ञा जारी रहेको समयमा कुनै पनि किमिसको भेला हुन, बाहिर हिँड्डुल गर्न र राजनीतिक सभा तथा गतिविधि गर्न नपाइने उल्लेख गरिएको  छ ।

आइतबार राति ईश्वरपुर नगरपालिका–७ मा ईलाका प्रहरी कार्यालय केशरगञ्जको गस्तीमा हिँडेको भ्यानले ना ४३ प ५०१८ नम्वरको मोटरसाइकललाई ठक्कर दिँदा रामकुमारको मृत्यु भएको थियो । उहाँको मृत्युपछि स्थानीयवासीले सोमबार देखिनै प्रदर्शन जारी राखेको छ ।

आन्दोलित यसवीचमा पटकपटक प्रदर्शनकारी प्रहरीवीच भएको झडपका कारण डेढ दर्जन प्रहरी, सशस्त्र प्रहरी पनि घाइते भएका छन् भने प्रदर्शनलाइ नियन्त्रण गर्न प्रहरीको तर्फबाट चलाएको गोली लागेर केही आन्दोलनकारी घाईते भएको बुझिएको छ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2021
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930