काठमाडौं मंसिर १६,
राष्ट्रपति विद्यादेवी भण्डारीले मंसिर २८ गतेका लागि संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको छ । संविधानको धारा ९३ को उपधारा १ बमोजिम नेपाल सरकार तथा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले संघीय संसदको अधिवेशन आह्वान गर्नुभएको हो ।
राष्ट्रपति कार्यालयकाबाट जारी विज्ञप्तिमा मङ्सिर २८ गते मंगलबार दिउँसो २ बजेका लागि अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान भएको उल्लेख गरिएको छ।