काठमाडौ पुस १३,
पश्चिमी न्यूनचापीय प्रणालीका कारण् जारी मौसमी उतार चढावले गर्दा देशभर सामान्यदेखि पूर्ण बदली रहनुको अलावा देशका धेरैजसो स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
त्यस्ते महाशाखाले आगामी २४ घण्टाका लागि चेतावती तथा परामर्श जारी गर्दै देशभर चिसो बढ्ने क्रममा रहेकाले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन सबैमा अनुरोध समेत गरेको छ।
साथै बुधवारपनि देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाउदै महााखाले उच्च हिमाली तथा पहाडी क्षेत्रमा भने हिमपातको सम्भावना रहेको जनाएको छ ।