बिहिबार, बैशाख ६, २०८१

नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशनको आज विधिवत शुभारम्भ हुँदै

काठमाडौ पुस ११,
सत्तासाझेदार दल नेकपा माओवादी केन्द्रको आज देखि शुरु हुने राष्ट्रिय सम्मेलन अन्नत आठौँ महाधिवेशनमा परिणत गर्ने भएको छ । शनिबार बसेको स्थायी समिति बैठकले राष्ट्रिय सम्मेलनलाइ महाधिवेशनमा परिणत गर्ने निर्णयगरेसंगै सम्मेलन महाधिवेशनमा रूपान्तरण भएको हो ।

त्यस्तै स्थायी समिति बैठक निर्णअनुरुप हुन गइरहेको प्रस्तुत महाधिवेशनको उद्घाटन भने आज अपराह्न ३ बजे काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा हुने भएको छ ।

महाधिवेशनको उद्घाटनसत्रमा विभिन्न राजनीतिक दलका प्रमुखलाई अतिथि निमन्त्रण गरिएको छ । उद्घाटनसत्रपछि हुने बन्दसत्रले माओवादी कृन्द्रमा नयाँ नेतृत्व, विचार र राजनीतिक कार्यदिशा तयगर्नका लागिपार्टी अध्यक्ष ‘प्रचण्ड’ले प्रस्तुत गर्ने राजनीतिक दस्तावेजमाथि छलफल र बहस संगैजनयुद्धदेखि खुला राजनीतिसम्मका कमीकमजोरीका विषयमा आत्मसमीक्षासहित नयाँ कार्यदिशा निर्माण गर्ने तयारी रहेको सम्वद्ध पक्षले जनाएको छ।

महाधिवेशनमा देशभरबाट एक हजार ६३१ जना प्रतिनिधिको सहभागितामा नेकपा माओवादीकेन्द्रमा पार्टीको अन्तरिम विधानअनुसार बहुपदीय प्रणाली अर्थात  १ अध्यक्ष, १ जना वरिष्ठ उपाध्यक्ष, ६ जना उपाध्यक्ष, १ महासचिव, दुई उपमहासचिव, ३ सचिव र एक १ कोषाध्यक्ष  चयन हुने भएको छ ।

यसअघि राष्ट्रिय सम्मेलन गर्ने तयारीमा रहेका नेकपा माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन आठौं महाधिवेशनम परिणत भएसंगै पुवृनिर्धारित उद्घाटन सत्रको समयसिमा फेरबदल भएको छ । । दिउँसो १ बजे उदघाटन हुने भनिएको सम्मेलन अपरान्ह ३ बजेका लागि तय गरिएकोछ ।

त्यस्तै यसअघि राष्ट्रिय सम्मेलन भएकाले कुनै पनि दललाई नबोलाउने भनेको माओवादीले सम्मेलन महाधिवेशनमा रुपान्तरण गरेसँगै उद्घाटन सत्रमा अन्य दलका नेतालाई पनि आमन्त्रण गरिएको पार्टी प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिनभयो ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2021
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930