शुक्रबार, चैत्र १७, २०७९

डा. केसीले उठान गर्नुभएको माग सम्बोधन गर्ने प्रम देउवाको प्रतिवद्धता

यस्तो छ प्रम देउवा र डा  केसीबीच भएको  सहमतिको संक्षेपीकरण

 काठमाडौं पुस १५ ,
प्रधानमन्त्री शेरबहादुर देउवा र चिकित्सा शिक्षा सुधारका अभियन्ता डा गोविन्द केसीबीच प्रमको सरकारी निवास बालुवाटारमा भएको भेटवार्ता पछि प्रम देउवाले डा केसीको तर्फबाट प्रस्तुत विभिन्न विषयगत एजेन्दाको सम्बोधन गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

भेटवार्ताको क्रममा प्रधानमन्त्री देउवाले  निजी मेडिकल कलेजले विद्याथीसँग बढी शुल्क लिएको पाइए कानूनअनुसार कारबाही गराउन आफू प्रतिबद्ध रहेको बताउाद्यै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको अनियमिततालगायत विषयमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गठन गरेको छानबिन समिति मार्फत प्राप्त प्रतिवेदन अनुसार प्रक्रियागतरुपमा दोषिलाइ कारवाही गर्ने पक्षमा आफु सकारात्मक रहेको बताउनुभएको थाहा भएको छ।

त्यस्ते प्रत्येक प्रदेशमा चिकित्सा शिक्षाका लागि सरकारीस्तरमै मेडिकल कलेज स्थापना गर्ने ,निर्मला कुर्मी हत्या प्रकरणको अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोलाई जिम्मा दिने, आन्दोलनरत पक्षसँग वार्ता गरी सहमति गर्ने तथा घर फर्कने वातावरण बनाउन गृहमन्त्रीलाई निर्देशन दिने प्रधानन्यायाधीशसँग जोडिएको प्रसङ्गमा सत्ता गठबन्धनसँग छलफल गर्ने र अनुसन्धानका लागि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई आवश्यक सहयोग गर्ने लगायतका ९ बुँदे सहमति भएको बुझिएको छ।

उहाँहरुवीच भएको भेटवार्ताको क्रममा प्रधानमन्त्री देउवा, नेपाली कांग्रेसका महामन्त्री गगन थापा र डाक्टर केसीका साथै उनका टिमको सहभागीता रहेको थियो । यसैवीच काँग्रेस नेता रामचन्द्र घिमिरेले आफ्नो समाजीक सञ्जालमार्फत सार्वजनिक गर्नुभएको  सहमतिको संक्षेपीकरण यस्तो रहेको छ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2021
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930