शनिबार, जेष्ठ ७, २०७९

गुण्डागर्दी गरी रकम असुली गरेको अभियोगमा जोशी र बस्नेत पक्राउ

काठमाडौं मंसिर २१ ,

महानगरीय प्रहरी अपराध महाशाखाले गुण्डागर्दी गरी ९० लाख २५ हजार रुपैयाँ रकम असुली गरेको अभियोगमा गुण्डागर्दी गरी रकम असुली गर्ने गिरोहका २ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं सुकेधारा बस्ने काठमाडौं महानगरपालिका-७ गगाँहिटि ठेगाना भएका ४० वर्षीय मिलन जोशी र काठमाडौं महानगरपालिका-४ बालुवाटार बस्ने दोलखा भिमेश्वर नगरपालिका-५ माटी ठेगाना भएका रबिन्द्र बस्नेत रहेका छन् ।

उनीहरुले काठमाडौं पानीपोखरीस्थित युनिभर्सल ईन्टरनेशनल मेनपावर कम्पनीका सञ्चालकलाई हामी यस एरियाका दादा हौं भन्दै मेनपावरले विदेश पठाएका व्यक्तिहरुबाट लिएको रकम मध्येको कम्तीमा प्रतिव्यक्ति २५ हजार रुपैयाँ दरले कमिसन दिनुपर्छ भनि पटक पटक धम्की दिदै आएको र मंसिर १६ गते कम्पनीका सञ्चालक, सञ्चालकको श्रीमती र स्टाफहरु समेतलाई ज्यान मार्ने धम्की दिई थप रकम माग गर्दै हातपात समेत गरेको प्रहरीले जनाएको छ।

प्रहरीले जोशी र बस्नेतलाइ काठमाडौं मित्रपार्कबाट पक्राउ गरेको जनाउदै आपराधिक लाभ लिएको कसूर मुद्दामा आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी परिसर टेकु, काठमाडौं पठाइएको चलान गरिएको महाशाखाले जनाएको छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2021
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930