काठमाडौं मंसिर २३,
महाधिवेसनको पूर्वसन्ध्यामा सत्तासीन नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दैछ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार आज बिहान साढे १० बजे पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवनमा बैठक बस्न लागेको हो ।
उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्य तथा आमन्त्रित केन्द्रीय सदस्यको उपस्थिति हुनेछ । शुक्रबारदेखि सुरु हुने १४औँ महाधिवेशनको अघिल्लो दिन कांग्रेस केन्द्रीय समिति बैठक बस्न लागेको हो ।
आगामी महाधिवेशनमा प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा पुनः नेतृत्वका लागि चुनाव लड्दैछन् । संस्थापनइतरबाट भने सभापतिका साझा उम्मेदवारको अझै तय हुन सकेको छैन ।