बिहिबार, चैत्र १६, २०७९

काँग्रेस महाधिवेशन : निर्धारित समय भन्दा ३ घण्टा ढिलो निर्वाचन शुरु

मतदान सकिएसँगै सभापति पदको मतगणना सुरु गरिने

काठमाडौ मंसिर २७ ,

नेपाली कांग्रेसको राजधानीमा जारी १४औँ महाधिवेशन अन्र्तगत आज हुँदै गरेको निर्वाचनका पूर्व निर्धारित समय भन्दा ३ घण्टा ढिला शुरु भएको छ । मतपत्र छपाइमा ढिलो भएका कारण मतदानको समय सिमा केहि डिला भएको जनाउदै निर्वाचन समितिले अव फटाफट कामर्यसम्पादन हुने जानकारी दिएको छ।

त्यस्तैसमितिले १३२ पदका लागि ४८९ उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेको र उहाँहरुलाइ ४ हजार ७४३ जनाले गर्ने मतदान गर्ने जानकारी दिदै निर्वाचनो समय सिमा लम्बेसंगै यसअघि निर्धारण गरिएको साँझ ५ बजे सम्म्को समय सिमा स्वभाविकरुपमा साती ८ बजेसम्म लम्बिने जनाएको छ ।

प्रभावकारी सुरक्षाा व्यवस्थाका वीच शुरु गरिएको आजको निर्वाचनमा मतदान सकिएसँगै सभापति पदको मतगणना सुरु गरिने निर्वाचन समितिले जनाउँदै कांग्रेस विधान अनुसार सभापति पदका उम्मेदवारले ५० प्रतिशत बढी नल्याएको अवस्थामा बढिमत ल्याउँने उम्ेदवारवीच सभापतिको लागि दोस्रो चरणको निर्वाचन गर्ने व्यवस्थापन समेत मिलाइएको जानकारी दिइएकोछ ।

यसवीचमा सभापतिबाहेक अन्य पदाधिकारी र सदस्य पदको मतदान समाप्त भएपछि उम्मेदवार वा उम्मेदवारका प्रतिनिधिको रोहवरमा मतपेटिका शिलबन्दी गरी पार्टी केन्द्रीय कार्यालयमा सुरक्षित राख्दै सभापति पदबाहेक बाँकी अन्य पदाधिकारी र सदस्यको मतगणना केन्द्रीय कार्यालय सानेपामा गर्ने तयारी रहेको जानकारी दिएका छन ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2021
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930