मङ्लबार, जेष्ठ २३, २०८०

काँग्रेस महाधिवेशन :  उपसभापति सहित कूल १३४ पदाधिकारी तथा सदस्यको मतगणना आज अपरान्हबाट शुरु हुँदै

काठमाडौं मंसिर २९,
नेपाली काँग्रेसको १४औँ महाधिवेशन मार्फत पार्टी सभापतिमा शेरबहादुर देउवा दोस्रो कार्यकालका लागि निर्वाचित भए संगै अव बाँकी पदाधिकारीहरुको लागि गत मंसिर २७ गते भएको निर्वाचनको मतगणना आज अपराह्नदेखि पार्टी मुख्यालयमा हुने भएको छ।

कांग्रेसको केन्द्रीय निर्वाचन समितिले आजबाट कांग्रेसको नयाँ कार्यसमिति चयनका लागि केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यको मतगणना आजबाट शुरु हुने जनाउदै मत गणनालाई सक्दो छिटो सम्पन्न गर्नेगरी व्यवस्थापन गर्ने तयारी भइरहेको जानकारी दिएका छन ।

काँग्रेस महाधिवेशनमा एक सय ३२ पदका लागि ४८७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेको थियो भने कुल ४ हजार ७४३ महाधिवेशन प्रतिनिधि सहभागी पहिलो चरणको निर्वाचमा ४ हजार ६७९ मत खसेको थियो ।

त्यस्तै आजबाट हुने मतगणनामा मार्फत नेपाली काँग्रेसको २उपभिापति २ महामन्त्री ८ सहमहाहामन्त्री सहित ३५ खुला केन्द्रीय सदस्य, महिला ९ , प्रत्येक प्रदेशबाट ३ जनाका दरले २१, दलित ९ , आदिवासी/ जनजाति १५, खसरआर्य १३, मधेसी ९ थारु ४ , मुस्लिम ३, पिछडिएको क्षेत्रबाट १, अल्पसङ्ख्यकबाट १, अपाङ्गताबाट १ सदस्य गरी कूल १३४ पदाधिकारी तथा सदस्यको निर्वाचित हुने काँग्रेसको विधानत व्यवस्था रहेको छ ।

त्यस्तै निर्वाचित सभापतिले ३३ जना थप सदस्य मनोनित गर्ने व्यवस्था समेत काँग्रेसको विधानमा रहेको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2021
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930