बिहिबार, बैशाख ६, २०८१

काँग्रेस केन्द्रीय महाधिवेशन : यस्तो छ उम्मेदवारको अन्तिम नामावली सूची

काठमाडौ मंसिर २६,
नेपाली काँग्रेसको राजधानीमा जारी १४ औं महाधिवेशन अन्र्तगत शनिवार भएको उम्मेदवारी दर्ता फिर्ता लिने समय सिमा सकेलगत्तै केन्द्रीय निर्वाचन समितिले काँग्रेस केन्द्रीय समितिका पदाधिकारी तथा केन्द्रीय सदस्यका उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएको छ । निर्वाचन समितिले राष्ट्रिय सभागृह परिसरमा पदाधिकारी तथा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको हो ।

प्रकाशित अन्तिम नामावलीमा उल्लेखभएअनुसार १ सभापतिका लागि ५ जना, उपसभापतिका लागि ७ जना , २ महामन्त्रीका लागि ६ जनाको उम्मेद्वारी परेको छ भने ८ जना सहमहामन्त्रीका लागि १९ जनाले उम्मेद्वारी दर्ता भएको छ । यसअघि मनोनयन दर्ता गरेका उम्मेदवार मध्ये १ सभापति १ सहमहामन्त्री सहित   ५८ जनाले मनोनयन फिर्ता लिएका छन ।

अव काँग्रेस महाधिवेशनमा शेरवहादु देउवा प्यालनबाट २ उपसभापतिमा पूर्णबहादुर खड्का र विजयकुमार गच्छदार २ महामन्त्रीमा प्रदीप पौडेल र डा प्रकाशशरण महत त्यस्तै गरि ८ सहमहामन्त्रीका लागि डिना उपाध्याय, महेन्द्र यादव, जीवन वहादुर शाही, मान बहादुर विश्वकर्मा, किशोरसिंह राठोर, भिष्म आङ्गदामे ,उमाकान्त चौधरी र फर्मुला मन्सुर उम्मेदवार भएका छन ।

  निर्वाचन समितिले सार्वजनिक गरेको उम्मेदारको अन्तिम नामावली निम्नानुसार रहेको छ: 

त्यस्तै शेखर कोइराला प्यानलबाट २ उपसभापतिमा धनराज गुरुङ्ग, चन्द्र भण्डारी २ महामन्त्रीमा गगन थापा ,डा मिनेन्द्र रिजाल त्यस्तै गरि ८ सहमहामन्त्रीमा कमला पन्त, बद्री पाण्डे, देवराज चालिसे, विकास लामा, तेजुलाल चौधरी , जीवन परियार रामकृष्ण यादव, शेख वकिल उम्मेदवार रहेका छन ।

त्यस्तै प्रकाशमान सिंह नेतृत्वको प्यालनबाट उपसभापतिमा सुजाता कोइराला , महामन्त्रीमा विश्वप्रकाश शर्माको नाममात्र आएको छ भने अर्का दुइ सभापतिका उम्मेदवारहरु विमलेन्द्र निधि र कल्याण गुरुङ नेतृत्वको प्यानलबाट कुनै उम्मेदवारको चर्चा भएको छैन ।

  निर्वाचन समितिले सार्वजनिक गरेको उम्मेदारको अन्तिम नामावली सूच निम्नानुसार रहेको छ:

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2021
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930