शनिबार, माघ १५, २०७८

काँग्रेसको १४ औं महाधिवेशन:सस्थापन इतर समूहको साझा उम्मेदवार तय गर्न नेताहरु बैठकमा घोत्लिदै

नेताहरुको आ-आफ्नै अडानका कारण ठोस निर्णयमा पुग्न नसकेकसंगै स्थिती झन तरल बन्दै

काठमाडौं मंसिर २१ ,
नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनको पूर्वसन्ध्यामा केन्द्रीय नेतृत्वको लागि साझा उम्मेदवार तय गर्न संस्थापन र इतर पक्षको वेग्लावेग्लै बैठक बस्दै गरेको थाहा भएको छ।
संस्थापन पक्षबाट सभापति शेरबहादुर देउवाले पुनः दोहोरिने जनाउ सार्वजनिक भएसंगै एकल उम्मेदवारकारुपम देउवामात्र देखिएका छन भने इतर समूहमा भने आधा दर्जनको हाराहारीमा सभापतिका आकंक्षी देखिएसंगै कुन उम्मेदवारको नाममा साझा सहमति बनाउँने भन्ने विषय थप पेचिलो बन्दै आएकोछ ।

यसअर्थमा सभापतिका आंक्षी हुँदै आएका वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा। शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य डा शेखर कोइराला मध्ये एकलाइ सभापतिको साझा उम्मेदवार बनाउनुको विक्लप नभएको ठहर सहित नितिगत निर्णयका लागि बैठक बस्दै गरेको थाहा भएको छ।

कहिले यो नेताको मा त कहिले त्यो नेताकोमा बैठक बसे पनि नेताहरुको आ-आफ्नै अडानका कारण ठोस निर्णयमा पुग्न नसकेकसंगै स्थिती झन तरल बन्दै गएको छ।
सोमवार साँझ पौडेल निवास बोहराटारमा बैठक बसेका नेताहरुले आज अपरान्ह फेरि नेता सिंहको चाक्सीबारीस्थित निवासमा बैठक बस्ने तयारी गरेको थाह भएको छ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2021
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930