शनिबार, बैशाख ८, २०८१

२४२ जनालाइ कोभिड संक्रमण हुँदै गर्दा ४४४ कोभिड मुक्त

काठमाडौं मंसिर ४,

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा २४२ जनालाइ कोभिड संक्रमण भएको जनाएको छ । देशभर गरिएको ४ हजार १४५ पीसीआर र २ हजार ९९१ जनाको एन्टीजेन परीक्षणका क्रममा उल्लेखित सख्यामा संक्रमितको पहिचान भएको हो । आज पहिचान भएका संक्रमितसंगै नेपालमा कुल संक्रमितको संख्या ८ लाख १८ हजार ७८७ जना पुगेको छ।

त्यस्तै कुल संक्रमितमध्ये ७ हजार ३०३ जनामा सक्रिय संक्रमण रहेको जानकारी  दिदै मन्त्रालयले वितेको २४ घण्टामा ४सय४४ जना संक्रमित कोभिड मुक्त भएको जनाउँदै यसवीचमा निको भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या ७ लाख ९९ हजार ९८९ पुगेको छ।

साथै यसवीचमा १ जना संक्रमितको मृत्यु भएको र योसंगै संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ४९५ पुगेको छ। त्यस्तै २३४ जनाको आइसीयू र ५५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको जानकारी मन्त्रालयले दिएको छ ।