बिहिबार, बैशाख १३, २०८१

म.प. बैठक: एसियाली विकास बैंकबाट प्राप्त हुने ६० मिलियन अमेरिकी डलर स्वीकार गर्ने निर्णय

सरकारले आगामी माघ १२ गते राष्ट्रियसभा निर्वाचनको मिति तोक्ने निर्णय

संयुक्त राष्ट्र संघको शान्ति मिसनको बैठकमा सहभागी हुन रक्षामन्त्री डा मिनेन्द्र रिजालको नेतृत्वको टोली पठाइने

काठमाडौं मंसिर ३,
शुक्रबार बसेको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एमव् सञ्भारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले दक्षिण कोरियामा हुने संयुक्त राष्ट्र संघको शान्ति मिसनको बैठकमा सहभागी हुन रक्षामन्त्री डा मिनेन्द्र रिजालको नेतृत्वको टोली  र   एसियन–अफ्रिकन लिगल कन्सलटेटिभ अर्गानाईजेशनको ५९ औं वार्षिक सभामा भाग लिन कानून, न्याय तथा संघीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडु नेतृत्वको प्रतिनिधिमण्डल पठाउने निर्णय गरेको जानकारी दिनुभएको छ ।

त्यस्तै उहाँले आगामी माघ १२ गते राष्ट्रियसभा निर्वाचनको मिति तोक्ने निर्णयसंगै  विद्युतीय ग्रिड सुधारका लागि एसियाली विकास बैंकबाट प्राप्त हुने ६० मिलियन अमेरिकी डलर स्वीकार गर्ने निर्णय भएको जानकारी दिदै सरकारले पशु कल्याण विधेयक प्रमाणिकरणका लागि स्वीकृति दिने निर्णय गरेको जानकारी दिनुभयो ।

साथै स्वास्थ्य सेवाको अधिकृत १२ औँ तहमा डा.श्यामसुन्दर यादव, डा. भिमसेन तिङ्करी र डा.गुणराज लोहनीलाई नियुक्त गर्ने निर्णय मप बैठकबाट भएको भएको बताउनुभयो।