मङ्लबार, बैशाख ४, २०८१

पार्टीमा देखिएको क्षयीकरण रोक्दै काँग्रेसलाइ पहिलो पार्टी बनाउँन् सभापतिमा आफ्नो उम्मेदवारी: नेता सिंह

काठमाडौं कात्तिक २९,
नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा पार्टी सभापति पदमा पूर्वमहामन्त्री प्रकाशमान सिंहले उम्मेदवारी दिने भएका छन् । प्रकाशमान सिंहले नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा पार्टी सभापति पदमा पूर्वमहामन्त्री प्रकाशमान सिंहले उम्मेदवारी दिने भएका छन् । महानगर पार्टी समितिलाई सम्मान तथा बधाई ज्ञापन गर्न आज राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले जनताको चाहना अनुसार कांग्रेसलाई बलीयो बनाउँन आफुले उम्मेद्धारी घोषणा गरेको बताउनुभएको छ ।

त्यस्तै सभालाइ सम्बोधन गर्दै १३ औ महाधिवेशन पछि जनताले काँग्रेसलाइ हेर्ने दृष्टिकोणमा आएको क्षयीकरणलाइ रोक्दै संगठनलाइ वलियो बनाउदै प्रजातन्त्र बचाउन पनि पार्टीको नेतृत्व सक्षम नेतृत्वको चयन गर्नु आजको आवश्यकता भएको बताउनुभयो ।  त्यस्तै उहाँले सम्बोधनको क्रममा काँग्रेस सरकारको नेतृत्वमा जारी भएको संविधानलाइ संस्थागत गर्दै जनताले काँग्रेसबाट गरेको अपेक्षालाइ सार्थक बनाउँन जनअपेक्षा पूरा गर्न सक्ने नेतृत्वको चयन गर्नुपर्नेमा जोड दिनुभयो । त्यस्तै जनताको मन जित्दै आगामी दिनमा राष्ट्रिय राजनीति हाँक्न कांग्रेसको १४ औं महाधिवेशनमा पार्टी सभापतिको उम्मेदवारको रूपमा उभिएको बताउनुभयो ।

यस्तै कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले आइतवार बसेको काँग्रेस केन्द्रीय समतिको बैठकपछि आसन्न १४ औं महाधिवेशन हुने विषय शुनिश्चित भएको बताउदै विगतका दिनमा पार्टी भित्र विधानको सर्वोच्चतालाइ कायम गराउन असफल भएका कारण पार्टीले अनेकन समस्या झेल्नु परको बताउदै अवको वडा तहको नेतृत्व देखि केन्द्रीय तह सम्मको नेतृत्वले विधानको सर्वोच्चतालाइ आत्मासात गर्दै अक्षरस पालना गर्नुपर्नेमा जोड दिनुभयो ।

त्यस्तै उहाँले आसन्न् तीनै तहको निर्वाचनमा काँग्रेसलाइ पहिलो पार्टी बनाउन आसन्न् निर्वाचन अघिनै संगठनलाइ चलायमान बनाउँदै पार्टीको १४ औ महाधिवेशनको क्रममा पार्टीको विभिन्न तह र तप्कामा निर्वाचित सवैले विधानत व्यवस्था अनुरुप क्रियाशील हुनपर्नेमा विशेष जोड दिदै काठमाडौंको ३२ वटै इकाइले ३ महिने अभियान सञ्चालन गर्दै जनताको विचमा पुग्नु पर्ने बताउनुभयो ।  साथै उहाँले काँग्रेससंग मात्र भएको मतले नपुग्ने र त्यसअर्थमा काँग्रेसलाइ भोट किन र काँग्रेलाइ मतदान गर्दा काँग्रेसले के गर्छ भन्ने योजना सहित जनतावीच पुग्नु पर्नेमा विशेष भूमिका निर्वाह गर्दै जनजनको वीचमा पुगेर काँग्रेसको पक्षमा थप १३ लाख मतदाताको विस्वास सिर्जना गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा काठमाडौं काँग्रेसका सभापति कृष्ण सबुज वाँनिया ,केन्द्रीय सदस्य ध्यान गोविन्द रञ्जित र महानगर समितिका सभापति निलकाजी शाक्य लगायतले वोल्नुभएको थियो ।