बिहिबार, अशोज २०, २०७९

जनआन्दोलनका सर्वोच्च कमाण्डर सिंहको १०७औँ जन्म दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं कात्तिक २४ ,
प्रजातन्त्र पुनःस्थापनाका लागि विसं २०४६ मा भएको जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको १०७औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । नेपाली राजनीतिमा त्याग र साहसको उच्च उदाहरणका रूपमा रहेका सर्वोच्च कमाण्डर सिंहले ऐतिहासिक सो जनआन्दोलन सफल भएपछि तत्कालीन राजा वीरेन्द्रले प्रधानमन्त्री बन्न गरेको आग्रहमा उहाँँले आफ्ना समकक्षी नेता कृष्णप्रसाद भट्टराईलाई अघि सार्दै नेपाली राजनीतिमा त्यागको उच्च नमूना प्रस्तुत गरेसंगै सबैको निष्ठाको केन्द्र बन्न सफल बन्नु भएको थियो । आफ्नो जीवनकालमा कुनै पनि लाभको पदमा नबसी सेवा गरेकोले त्यागी नेताका रुपमा तमाम नेपालीले सम्मान गर्दै आइरहेका छन ।

राणा शासनको अन्त्य गर्ने अभियान देखि देशमा प्रजातन्त्र बहाली र पुनर्बहालीका लागि समर्पित सिंह सैद्धान्तिक हिसाबले बिपीका अनुयायी र समर्थक मान्निछ । त्यस्तै विसं २०१५ मा पहिलो निर्वाचनपछि बनेको सरकारमा वरिष्ठ मन्त्री भएका गणेशमानले विसं २०१७ मा प्रजातन्त्र अपहरण भएपछि आठ वर्ष निरन्तर पहिले सिंहदरबार र त्यसपछि सुन्दरीजल बन्दीगृहमा कारावास जीवन बिताए। विसं २०२५ मा बिपीसँगै सुन्दरीजल बन्दीगृहबाट रिहा भएपछि प्रवासमा राजनीतिक सङ्गठन विस्तार गरे । विसं २०३३ मा बिपीसँगै राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केर तत्कालीन पञ्चायती व्यवस्थाका विरूद्ध सक्रिय रहनुभएको थियो ।

समग्रमा विसं १९९७ देखि अनवरत राजनीतिमा समर्पित कडा स्वभाव र जुझारू व्यक्तित्व गणेशमान सिंहको नेतृत्वमा भएको पञ्चायतविरुद्ध भएके जनआन्दोलनको सर्वोच्च कमाण्डर भई सबैको प्रियनेता बन्न सफल हुनुभएको थियो । १९७२ कार्तिक २४ गते काठमाडौंको यट्खा टोलमा सिंहको जन्म भएको थियो भने २०५४ साल असोज २ गते निधन भएको थियो ।

 

Dashain
Dashain1
Dashain2

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2021
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031