शनिबार, बैशाख ८, २०८१

मप बैठक: गृह सचिवको संयोजकत्वमा गठित कार्यदलको कार्यविधि अनुरुप पीडितलाई राहत

तीन वटा प्रदेशका प्रदेश प्रमुख परिवर्तनका लागि राष्ट्रपतिसमक्ष सिफारिस

  काठमाडौ कार्तिक २३ ,

सोमवार  बसेको  मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आज सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री   ज्ञानेन्द्र बहादुर कार्कीले    गृह सचिवको  संयोजकत्वमा  गठित बेमौसमी वर्षाबाट धानबालीमा भएको क्षतिको राहत उपलब्ध गराउने सम्बन्धमा कार्यदलले पेश गरेको कार्यविधि स्वीकृत गरेको  जानकारी दिनुभएकोछ ।

 त्यस्तै  प्रवक्ता कार्कीले  स्वी कृत कार्यविधि अनुसार  बेमौसमी वर्षाका कारण  भएको    क्षति अनुरुप    पीडितलाई राहत उपलब्ध गराउन सरकार प्रतितवद्ध रहेको   बताउनुभयो ।   यस्तै बैठकले  विद्युत् आपूर्तिमा थप सहजताल्याउन पर्वतको कुश्मामा ४०० केभी क्षमताको सवस्टेशन र जुम्लाको सवस्टेशन निर्माणका लागि जग्गा प्राप्ति गर्न स्वीकृति प्रदान    गरेको  जानकारी दिदै  प्रवक्त कार्कीले   मोतीपुर औद्योगिक करिडोर घटनाका मृतकका परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको बताउनुभयो ।

त्यस्तै मन्त्रिपरिषद्ले प्रदेश १ मा पर्शुराम खापुङ, कर्णालीमा तिलक परियार र सुदूरपश्चिममा देवराज जोशीलाई प्रदेश प्रमुख नियुक्त गर्न सिफारिस गरेको बताइएको छ । साथै कृषि तथा वन सेवा समूहतर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको पदमा निरु दाहाल पाण्डेलाई बढुवा गरेको छ ।

त्यस्तै कीर्तिपुर नगरपालिका र चीनको हुवेई प्रान्तको हुआङ्गाङ शहरबीच भगिनी सम्बन्ध कायम गर्न स्वीकृति प्रदान गर्नुको अलावा आजको बैठकले लोकसेवा आयोगको सिफारिसबमोजिम विभिन्न सेवाका राजपत्राङ्कित प्रथम श्रेणीका पदमा नियुक्त गर्ने निर्णय गरिएको छ ।  जेनेभामा हुने स्वास्थ्य सम्बन्धी सम्मेलनमा भाग लिन स्वीकृती प्रदान गर्ने निर्णय भएको बताउनुभयो ।  त्यस्तै  सवै नागरिकलाई कोरोनाबिरुद्धको खोप दिन सरकार प्रतिवद्ध रहेको र बालबालिकाका लागि पनि छिटै खोप उपलव्ध गराउने जानकारी दिएका छन ।