शनिबार, बैशाख ८, २०८१

कांग्रेस केन्द्रीय समिति बैठक कात्तिक २८ मा

काठमाडौं कार्तिक २१ ,
नेपाली कांग्रेसले कात्तिक २८ गते केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।

पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले एक सूचना जारी गरी केन्द्रीय कार्यसमिति बैठकमा पार्टी पदाधिकारी, केन्द्रीय सदस्य र आमन्त्रित सदस्यलाई बोलाएका छन् ।

बैठकको कार्यसूची सार्वजनिक गरिएको छैन । यद्यपि बैठकमा समसामयिक राजनीतिक विषय र पार्टीको मंसिर २४ देखि २६ सम्म काठमाडौँमा हुने भनिएको कांग्रेस  केन्द्रीय महाधिवेशनको तयारी १४ औं महाधिवेशनको विषयमा छलफल अनुमान गरिएको   छ ।

यसैवीच काँग्रेसको ६४ जिल्लाको वडा अधिवेशन सम्पन्न भइसकेका छन भने बाँकी ८ वटा हिमाली जिल्लामा पनि छठलगतै अधिवेशन गर्ने तयारी रहेको छ । त्यस्तै कात्तिक २७ गते बाँकी रहेको जिल्लाका वडा अधिवेशन गर्ने कार्यतालिका यसअघिनै केन्द्रीय निर्वाचन समितिले जारी गरिसकेको छ ।

कांग्रेसले प्रदेश नम्बर २ का ८ जिल्ला क्रमस सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा संगै रसुवा, बाँके, सुर्खेत, डोल्पा र कैलालीमा वडा अधिवेशननै गर्न सकेको छैन ।