बिहिबार, चैत्र १५, २०८०

यमपञ्चक अन्र्तगत आज गाई, गोरु र गोवर्धन पर्वतको पूजासंगै आत्मपूजा गरि मनाइदै

काठमाडौ कार्तिक १९
आज यमपञ्चक अर्थात् तिहारको चौथो दिन गोवद्र्धन ,गाइ र गोरुको पूजा आजा गरी मनाइँदैछ । आजैको दिन नेवार समुदायले आफ्नो आत्मा पूजा गरी अर्थात म्ह पूजा गरी आजको पर्व मनाउने गरिन्छ । आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोवद्र्धन पर्वत मानी पूजा गर्ने गरिन्छ । द्वापर युगमा भगवान श्रीकृष्णले हत्केलाले गोवद्र्धन पर्वत उचाली गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएको सम्झनामा गोवद्र्धन पर्वतको पूजा गर्ने प्रचलन बसेको हो ।

गोरु पूजा :  वर्षभर जोतिएर मानव हितका लागि सेवा गर्ने गोरुलाई पनि आज पूजा आजा गरी मीठा मीठा खानेकुरा खान दिने प्रचलन छ । गोरुलाई देवाधिदेव महादेवको वाहन अर्थात् साँढेका रुपमा पनि पूजा गर्ने परम्परा छ । यसैगरी वर्षभर गोरु जोत्ने हलि एवं अन्य कृषि कर्म गर्ने किसानलाई पनि आज पूजा गरी मीठा मीठा परिकार खुवाइन्छ ।त्यस्तै वर्षभर जोतिएर मानव हितका लागि सेवा गर्ने गोरुलाई पनि आज पूजाआजा गरी मीठामीठा खानेकुरा खान दिने प्रचलन छ ।

गाई पूजा :  आमाले खुवाएको दूध जत्तिकै पौष्टिक गाएको दुधबबाट प्राप्त हुने भएकोलेनै आजको दिन गाईलाई गौमाताको सम्मान सहित पूजा अर्चना गर्ने गरिएको हो । साथै मानव चोलाको जन्मदेखि मृत्यु संस्कारसम्म पनि गाइको दूध, गहुँत र गोबरका प्रचलनका कारण पनि गाइको महत्व रहेको पाइन्छ । यसअर्थमा पनि रगाईको पूजा गरी आजका दिन मीठा–मीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धताका साथैसाउन शुक्ल पूर्णिमाका दिनमा दाहिने हातमा बाँधिएको रक्षाबन्धन गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपश्चात गाईले स्वर्ग जानका लागि वैतरणी नदी तारिदिने सधैँ प्राप्त हुने धार्मिक विश्वास रहिआएको छ ।

यसैवीच आज नेवार समुदायले मानिसको आत्मा नै सबैभन्दा ठूलो र महत्वपूर्ण पूजन भएको ठहर सहित आत्मा पूजन सहित म्हःपूजा गर्ने गर्दछ। ै यदि आत्म सन्तुष्ट हुन सकेन भने यसवीचमा गरेका कुनै पनि काम सर्थिक नहुँने भएका कारण पहिले आत्माको सन्तुष्टी सहित यसको पूजन गर्न सके स्वभाविक रुपमा देवी देवता पनि प्रसन्न भई आशीर्वाद दिने र मानव जन्म समेत सार्थक हुने धार्मिक विश्वास रहिाएकोछ।