बुधबार, बैशाख १२, २०८१

धनतेरसका दिन यी समान खरिद गर्दा शुभफल, टिकाउ र मुनाफा दिने यस्तो छ जनविश्वास

काठमाडौं कात्तिक १६,
प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने नेपाली हिन्दुहरूको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहारलाइ धनधान्यकी देवी लक्ष्मीको पूजाआराधना सहित मनाइने पर्वको रुपमा लिइन्छ । यो पर्वको अवसरमा खरिद गरिएको सामान टिकाउ हुनुको साथै शुभ हुने जन विस्वास रहिआएको छ । मुलत आजको दिन अर्थातधनतेरसको अवसरमा पहेँलो वस्तु किन्नु शुभ मानिन्छ। यसैप्रसंगमा आजको दिन विशेषत सुन,पीत्तलको भाँडा ,धनिया ,कौडा र सखर मध्ये कुनै ए सामान खरिद गर्ने व्यक्तिको घरमा वर्षभरिनै शुभ फल प्राप्त हुने धार्मिक विस्वार रहिआएको पाइन्छ ।

१ सुनः यस दिन सुनका गहना किन्ने चलन पनि छ । सुन लक्ष्मी र वृहस्पतिको पनि प्रतीक भएकोले सुन किन्ने चलन छ ।

२ पित्तलको भाँडोः यस दिन पीतलका भाँडाहरू किन्नु पर्छ किनभने पीतल भगवान धन्वंतरीको धातु हो। पीतल किन्दा घरमा स्वास्थ्य, सौभाग्य र स्वास्थ्यको दृष्टिले शुभफल प्राप्त हुन्छ । पित्तल गुरुको धातु हो। यो धेरै शुभ छ। बृहस्पति ग्रहको शान्तिको लागि पीतलको प्रयोग गरिन्छ।

३ धनिया: धनियाको गेडा स् पहेंलो धनिया किन्नु धेरै शुभ हुन्छ। धनिया पनि बृहस्पति ग्रहको कारक भएका कारण आजको दिन धनियाको गेडागरिद गर्दा धन हानि नहुने जनविश्वास छ । त्यस्तै धनियालाई समृद्धिको प्रतीक मानिन्छ ।त्यसैले धनतेरसमा अलिकति धनिया किन्नुहोस्। धनतेरसको दिन लक्ष्मी मातालाई धनिया अर्पण गरी भगवान धन्वंतरीको चरणमा धनिया चढाएर पूजा गर्नाले परिश्रमको फल प्राप्त हुने र मानिसको उन्नति हुने जनविश्वास रहेको छ ।

४ कौडाः कौडा पुरानो समयमा सिक्काको रूपमा प्रचलित थियो। भनिन्छ, समुन्द्र मन्थनका बेला लक्ष्मी जी प्रकट भएकी थिइन्, उनीसँगै कौडा पनि थिए ।

५ सखरः देशी सखर वा पहेंलो रङको मिठाई किन्नुदा समेत शुभ हुने बताइएकोछ ।