बिहिबार, बैशाख १३, २०८१

८८६ मतान्तरमा प्रतिस्प्रर्धी कार्कीलाई पराजित गर्दै काठमाडौं काँग्रेस नेतृत्वमा बानियाँ प्यालन निर्वाचित

काठमाडौं मंसिर १३ ,
नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत काठमाडौं कांग्रेसको सभापतिमा सबुज ९कृष्ण० बानियाँ विजयी भएका छन् । बानियाँले आफ्ना निकटम प्रतिस्प्रर्धी उपेन्द्र कार्कीलाई पराजित गरेका हुन् । बानियाँ लगातार दोस्रो पटक सभापति बन्न सफल भएका हुन् । बानियाँ नेता प्रकाशमान सिंह र गगनकुमार थापा पक्षबाट उम्मेदवार भएका थिए र कार्की भने कृष्णप्रसाद सिटौला पक्षका सांसद भीमसेनदास प्रधान समूहबाट उम्मेदवार बनेका थिए ।

सबैभन्दा बढी केन्द्रमा रहेको काठमाडौं जिल्लामा १३ औं महाधिवेशनमा शेरबहादुर देउवा समूहको समर्थनमा निर्वाचित भएका बानियाँ दोस्रो पटक संस्थापन इतर पक्षका उम्मेदवार हुँदै सभापतिमा निर्वाचित भएको हो ।

निर्वाचन समितिले निर्वाचित बानियाँले कुल खसेको मतको १९५७ पाउँदै गर्दा कार्कीले १०८९ मत प्राप्त गरेको छन । त्यस्तै उपसभापतिमा गोकर्ण केसी र राजकुमार नकर्मी विजयी भएका छन् । नकर्मीले १८२९ मत पाए । त्यस्तै केसीले १९२२ मत पाए । पराजित भएका धर्मराज अर्यालले १०४७ तथा रामलाल श्रेष्ठ ९४३ मत पाए ।

सचिवमा ईन्द्रबहादुर थापा र गोविन्द पुडासैनी विजयी भए । थापाले १९१५ तथा पुडासैनीले १८१७ मत पााए । पराजित भएका कुमारराज सुवेदीले ८५८र सागरदास रन्जितले ९४४ मात्र मत पाए ।

सहसचिवमा प्राडा अमिता प्रधान र रोमे श्रेष्ठ विजयी भए । प्रधानले २०६६ तथा श्रेष्ठले १७७५ मत पाउँदा पराजित सुस्मिता प्रधानले ९८८ तथा लक्ष्मण गौतमले ९०२ मत प्राप्त गरेको जनाएको छ । त्यस्तै वाँकी कार्य समिति सदस्यमा पनि बहुसख्यक बानियाँ प्यालनकै सदस्य निर्वाचित भएका छन ।