बिहिबार, बैशाख १३, २०८१

६ हजार ९३१ जनामा कोभिडको सक्रिय संक्रमण ,३३ जनाको भेन्टिलेटरमा उपचार हुँदै

काठमाडौं मंसिर १४ ,
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा २५५ जना कोभिड संक्रमितको पहिचान भएको जनाएको छ। मन्त्रालयका अनुसार देशभर गरिएको ४ हजार ३२९ पीसीआर र २ हजार १४० जनाको एन्टीजेन परीक्षणको क्रममा उल्लेखित सख्यामा संक्रमितको पहिचान भएको हो ।

त्यस्ते मन्त्रालयले मुलुकमा पछिल्लो समय ६ हजार ९३१ जनामा कोभिडको सक्रिय संक्रमण रहेको जानारीदिदै यसमध्ये ११६ जनाको आइसीयू र ३३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको जनाएको छ।
साथै यसवीचमा २५६ जना संक्रमित निको भएका छन् भने २ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५२६ पुगेको जानकारी मन्त्रालयले दिएको छ।