बुधबार, बैशाख १२, २०८१

५५५ जना कोभिड संक्रमित संक्रमण मुक्त, ११ को मृत्यु

काठमाडौं कात्तिक १६,
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वितेको पछिल्लो २४ घण्टामा नेपालमा थप ४६९ जनामा कोभिड संक्रमित थपिएको जनाएको छ । ७ हजार ११५ जनाको पीसीआर परीक्षण गर्दा ४२२ जना र ३ हजार १७२ जनाको एन्टिजेन परीक्षण गर्दा ४७ जनामा संक्रमण पुष्टि भएको हो।

त्यस्तै मन्त्रालयले कोभिड विवरण अद्यावधिक गर्दै दिएको जानकारी अनुसार ५५५ जना संक्रमित संक्रमण मुक्त भएको जनाएको छ भने यसवीचमा ११ जनाको मृत्यु भएको पुष्टि गरेको छ। आज पुष्टि भएका मृतकसंगै नेपालमा संक्रमणबाट ज्यान गुमाउनेको संख्या ११ हजार ४२७ पुगेको छ।

त्यस्तै यसवीचमा मन्त्रालयले सबैभन्दा धेरै काठमाडौंमा ९९, ललितपुरमा ३६, कास्कीमा ३३, झापामा ३०, रुपन्देहीमा २९, चितवनमा २७, मोरङमा २५, सुनसरीमा २२ र नुवाकोटमा १२ जनामा कोभिड संक्रमित भेटिएको जनाएको छ  भने संक्रमित मध्यृ २४१ जनाको आईसीयूमा र ७४ जना भेन्टिलेटरमा उपचार भइरहेको जानकारी दिएको छ ।