बुधबार, बैशाख १२, २०८१

४ सय १६ जनामा कोभिड संक्रमण, १ को मृत्यु

काठमाडौं कात्तिक २९,
स्वास्थ्य मन्त्रालयले नेपालमा सोमबार थप ४ सय १६ जनामा कोभिड संक्रमण पुष्टि भएको जनाएको छ । देशभर गरिएको ७ हजार ५५४ पिसिआर परिक्षणका क्रममा ३ सय ६७ जना र ४ हजार ८४८ एन्टीजेन परिक्षणका क्रममा ४९ जनामा कोरोना संक्रमण पुष्टि हो ।

त्यस्तै मन्त्रालयले यसवीचमा थप २ सय ७० संक्रमित उपचार पछि डिस्चार्ज भएको जनाउनुको अलावा थप १ जनाको मृत्यु भएको जानकारीदिएको छ भने देशभर ७ हजार ३११ जना सक्रिय संक्रमित रहेको जनाएको छ ।