बिहिबार, बैशाख ६, २०८१

४४७ संक्रमितको पहिचान हुँदैगर्दा ४३९ जना भए कोभिड मुक्त

काठमाडौं कात्तिक १७,

\स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा ४४७ जना कोभिड संक्रमण भेटिएको जनाएको छ । देशभर गरिएको ६ हजार ५७७ पीसीआर र ३ हजार ३३६ जनाको एन्टीजेन परीक्षणका उल्लेखित सख्यामा संक्रमितको पहिचान भएको हो । त्यस्तै आज पहिचान भएका संक्रमित संगै नेपालमा कुल कोभिड संक्रमितको सख्या ८ लाख १३ हजार ८२८ जना पुगेको छ।

त्यस्तै यसवीचमा ४३९ जना संक्रमित उपचारपछि डिस्चार्ज भएसंगै डिस्चार्ज हुनेको संख्या ७ लाख ९३ हजार २७१ पुगेको जानकारी मन्त्रालयले दिएको छ। साथै यस अवधिमा ७ जना संक्रमितको मृत्यु भएको र योसंगै संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ४३४ पुगेको छ भने २२३ जनाको आइसीयू र ५९ जना भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ।