बिहिबार, चैत्र १५, २०८०

२९५ जनामा संक्रमण कोभिड पुष्टि, २ को मृत्यु

काठमाडौं कात्तिक २७,
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वितेको २४ घण्टामा २९५ जना कोभिड संक्रमितको पहिचान भएको जनाएकोछ । देशभर गरिएको ५ हजार २२५ पीसीआर र ३ हजार १८ जनाको एन्टीजेन परीक्षणका क्रममा २९५ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै यसवीचमा ४७८ जना संक्रमित उपचार पछि डिस्चार्ज भएका छन भने २ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। हालसम्म संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ४७१ पुगेको छ। त्यस्तै १९३ जनाको आइसीयू र ५७ जना भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ।