शनिबार, बैशाख ८, २०८१

सोमबार सार्वजनिक बिदा

काठमाडौं कात्तिक २८,
सोमबार मनाइने हरिबोधिनी एकादशीको दिन बूढानीलकण्ठ र नागार्जुन नगरपालिकाले सार्वजनिक बिदा दिएका छन । यी दुवै नगरपालिकाको नगर कार्यपालिकाको बैठकले हरिबोधिनी एकादशीको दिन नगरपालिकाअन्तर्गत रहेका नगरपालिका, वडा कार्यालय, विद्यालय, अस्पताल र सरकारी कार्यालयमा बिदा दिने निर्णय गरेको   हो ।

बूढानीलकण्ठ नगरपालिकाभित्र रहेको नेपालकै एक प्रसिद्घ धार्मिक तीर्थस्थल बूढानीलकण्ठ मन्दिर र नागार्जुन नगरपालिकाभित्र नेपालको चार नारायणमध्ये राष्ट्रिय सम्पदा सूचीमा समेत सूचीकृत इचङ्गुनारायण मन्दिरमा मा प्रत्येक वर्ष हरिबोधिनी एकादशी दिन विशेष मेला लाग्ने भएको हुनाले नगरपालिकामा स्थानीय संस्कृति, परम्परा र जात्राको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले स्थानीय पर्वका रूपमा सो दिन सार्वजनिक बिदा दिने निर्णय भएको गरिएको छ । बिदा दिइएको नगरपालिकाले जनाएको छ ।