बुधबार, बैशाख १२, २०८१

सुन कछुवा सहित तामाङ लगायत ४ जना पक्राउ

काठमाडौं मंसिर १२,

काठमाडौं महानगरपालिका १३ सोल्टी दोबाटोबाट १ थान पहेंलो सुन कछुवा र नगद३६ हजार ६ सय ५५ रुपैयाँ सहित सोही महानगरपालिका १६ बालाजु बस्ने ४४ वर्षीय सञ्जय तामाङ लगायत ४ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पहेंलो सुन कछुवा अबैध रुपमा बिक्री गरिरहेको भन्ने जानकारी प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त कछुवा सहित फेलापारी पक्राउ गरेको जनाउँदै यस सम्ध्मा थप अनुसन्धान भइरहेो प्रहरीले जनाएको छ।