बुधबार, बैशाख १२, २०८१

सालिक अनाबरणको बिषयमा चुलिएको झडप नियन्त्रणका लागि सिन्धुली सदरमुकाममा निषेधाज्ञा आदेश जारी

काठमाडौं कात्तिक २४ ,
सदरमुकाम सिन्धुलीमाढीमा निर्माण गरिएको बीपी कोईराला र पुष्पलाल श्रेष्ठको अर्धकदको सालिक अनाबरणको बिषयमा सत्तारुढ गठबन्धन दलहरु र नेकपा एमालेका कार्यकर्ताहरु र एमालेका कार्यकर्ताहबीच भएको विवादसंगै सिर्जना भएको झडपको वातावरण नियन्त्रण गर्नका लागि जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा आदेश जारी गरेको छ ।

प्राप्त जानकारी अनुसार कमलामाई नगरपालिकाले शालिक अनाबरण र सिन्धुलीगढी बिजय उत्सब मनाउनका लागि नेकपा एमालेका महासचिब ईश्वर पोख्रेललाई प्रमुख अतिथि बनाउने निर्णय गरेपछि गठबन्धनका दलले आपत्ति जनाई बिरोध गरेपछि सुरु भएको विवाद झडपमा परिणत भएको थाहा भएको छ ।

बढ्दो विवाद अनियन्त्रित भएसंगै प्रशासनले शालिक निर्माण गरिएको बाल उद्यानको आसपासमा रहेको स्टल बजार, जुनारचोक, बसपार्क, ग्वाङ् खोला पुल, हस्पिटल रोड क्षेत्रभित्र आज बिहान ११ बजेदेखि राति १२ बजेसम्म निषेधाज्ञा जारी गरेको जारी सूचनामा उल्लेख गरिएको छ । त्यस्तै जारी आदेशमा जिल्ला सुरक्षा समितिको सुरक्षामा स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३क को अधिकार प्रयोग गरी उक्त क्षेत्रभित्र निषेधाज्ञा जारी उल्लेख गरिएको छ।