शुक्रबार, बैशाख ७, २०८१

सहिष्णुता र एकताको प्रवर्द्धन गर्ने उत्सवको रूपमा नेपाल संवत् मनाउन राष्ट्रपतिको आह्‍वान

काठमाडौ कार्तिक १९
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल संवत् ११४२ को पावन अवसरमा नेपाल सम्वत्ले नयाँ जोश, उमङ्ग, उत्साहसहित मुलुक र मुलुकवासीमा खुसीको सञ्चार गर्दै राष्ट्रिय एकता र समृद्धिको सन्देश दिन सकोस् भन्ने शुभकामना अभिव्यक्त गर्नुभएको छ ।

‘त्यस्तै उहाँले आफनो शुभकामना सन्देशमा लिच्छवी राजा राघवदेवको समयमा काठमाडौँ उपत्यकामा रहेका किसान तथा गरिब जनतालाई ऋणमुक्त गरी शङ्खधर साख्वाले प्रचलमा ल्याएको नेपाल संवत् ११४२ ले कृषिलाई प्राथमिकता दिएको कुरा समेत स्पष्ट हुन्छ हुन्छ भन्दै राष्ट्रिय विभूति साख्वाको लोककल्याण एवं परोपकारी कार्यको स्मरण गर्दै निस्वार्थ भावले समाजको हित‚ उन्नति र प्रगतिका लागि क्रियाशील रहन हामी सबैमा प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नु भएको छ।

साथै सन्देश मार्फत उहाँले आदिकालदेखि नै नेपाली समाज सभ्य र सहिष्णु रहिआएको बताउँदै सांस्कृतिक एवं भाषिक रूपमा विविधतायुक्त नेपाली समाजमा सहिष्णुता र एकताको प्रवर्द्धन गर्ने उत्सवको रूपमा नेपाल संवत् मनाउन सबैमा आह्‍वान गर्नु भएको छ।

यसैवीच उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाल संवत ११४२ का अवसरमा आज शुभकामना व्यक्त गर्दै नेपालको मौलिकता र पहिचानका लागि नेपाल संवतलाई प्रवर्धन गर्न र व्यावहारिक प्रयोगमा ल्याउन आवश्यक रहेको बताउनुभएको छ ।

नेपाल संवत्का प्रवर्तक, राष्ट्रिय विभूति शङ्खधर साख्वाले प्रगतिशील सामाजिक रुपान्तरणमा पु(याउनु भएको योगदानप्रति उच्च सम्मान व्यक्त गर्नुभएको छ। साथै प्रगतिशील सामाजिक अभियन्ता तथा नेपालका राष्ट्रिय विभूति शङ्खधर साख्वाले आफ्नो व्यक्तिगत सम्पत्तिबाट गरिब किसान जनतालाई ऋणमुक्त गरी सुरु गरेको नेपाल संवत् नेपालको मौलिक राष्ट्रिय संवत् रहेको स्मरणगर्दै उपराष्ट्रपतिले साख्वाप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।

त्यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल संबत नयाँ वर्ष ११४२ प्रारम्भको अवसरमा शुभकामना व्यक्त गर्दै जमरी शुभकामना सन्देशमा विविधतायुक्त धर्म संस्कृतिले राष्ट्रिय एकतालाई थप मजबुत बनाउने र नेपालीलाई एकताबद्ध हुन प्रेरणा प्रदान गर्ने उल्लेख गर्नुभएको छ। साथै प्रम देउवाले नेपाल संवतका प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वाःले ऋणमा डुबेका नेपाली जनतालाई ऋण र दासत्वबाट मुक्त गराई स्वाभिमान र स्वतन्त्रतापूर्वक बाँच्ने अवस्था सिर्जना गर्नुभएको बताउनुभएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2021
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031