मङ्लबार, बैशाख ४, २०८१

सहरी सुन्दरताका लागि वैकल्पिक उर्जाको प्रयोग बढाउनुपर्नेमा राष्ट्रपति भण्डारीको जोड

राष्ट्रपति भण्डारीबाट ज्ञानमाला भजन घर उद्घाटन

काठमाडौ मंंसिर ४,
राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौं महानगरवडा न १५ स्थित ज्ञानमाला भजन घरको उद्घाटन गर्नुभएको छ । स्वयम्भू चैत्य परिसरमा रहेको भजन घरको राष्ट्रपति भण्डारीले आज उद्घाटन गर्नुभएको हो । ०७२ सालको महाभूकम्प र ०७६ सालको आगलागीका कारण क्षतिग्रस्त भएको भजन घरको करीव २ करोड लागतमा पुननिर्माण गरिएको हो ।
उद्घाटनसत्रलाइ सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले, मौलिकतालाई बचाए मात्र पहिचान जोगिने बताउनुभयो । सांस्कृतिक गतिविधिमा महिलाहरुको सहभागिता बढ्नु सकारात्मक भएको उल्लेख गर्दै सबैको सहकार्य र समन्वयमा सम्पदा बचाउनु पर्नेमा जोड दिनुभयो । त्यस्ते उहाँले नविकरणीय उर्जाको प्रसङ्ग उठाउँदै ‘पेट्रोलियम पदार्थको प्रयोग घटाएर वैकल्पिक उर्जाको प्रयोग बढाउनु पर्छ भन्दै विद्युतीय गाडीको प्रयोगले प्रदुषण घटाउँनुको अलावा सहरी सुन्दरता समेत वृद्धि हुने भन्दै उपत्यकामा बायु प्रदुषण घटे सम्पदाको सुन्दरतामा निखार आउने, बताउनुभयो ।

त्यस्तै कार्यक्रममा महानगर प्रमुख विद्यासुन्दर शाक्यले, व्यक्तिलाई परिवर्तनप्रति सजग गराएसँगै बुद्धवाणीलाई भजनमार्फत जनमानसमा जीवित बनाउने खलको कामको प्रशंशा गर्नुभयो । कुनै बेला नेपाल भाषामा भजन गाउँदा, शासकले नबुझेको भनेर भजन गाउनेलाई पक्राउ गरेको प्रसङ्ग जोड्दै उहाँले राजनीतिक परिवर्तन र स्थानीय भाषाको प्रवर्धनमा योगदान गरेको बताउनुभयो ।
भजन घरको पुननिर्माणका लागि सहयोग गर्ने महानगरका वडा १५ का अध्यक्ष ईश्वरमान डंगोल, पूर्वमन्त्री तीर्थराम डंगोल, पुरातत्व विभागका पूर्व महानिर्देशक भेषनारायण दाहाल, खलका पदाधिकारीसहितका व्यक्तिहरुलाई सम्मानित गरिएको थियो । बाहिरबाट हेर्दा २ तला देखिने घर भित्रबाट ५ तलाको छ । यसको पुननिर्माणका लागि करीब २ करोड रुपैयाँ खर्च भएको छ ।