बुधबार, बैशाख १२, २०८१

सर्वोच्चमा प्रहरी आन्दोलनरत वकिलवीच झडप, आधा दर्जन कानुकानुन व्यवसायी घाइते

प्रधानन्यायाधीश जबराकै निर्देशनमा आक्रमण भएको ठहर,शुक्रबार सर्वोच्च अदालतका बन्दीप्रत्यक्षीकरणका मुद्दा तोकिएका इजलाससंगै सबै बेन्च बहिष्कार गर्ने 

काठमाडौं कात्तिक २५,
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा संगै अदालतमा मौलाउँदै आएको विकृति विरुद्ध चरणबद्ध आन्दोलनमा होमिएकोनेपाल वारका पदाधिकारी सहितका आन्दोलनकारीले आज अदालतको मूल ढोकामा विरोध प्रदर्शन गर्न खोज्दा प्रहरी हस्तक्षेप भएको छ । प्रहरी अस्तक्षेप पछि अदालत परिसरमा अहिले वकिल र प्रहरीबीच झडप भएको थियो ।

झडपका क्रममा प्रहरीले गरेको लाठ्ठी चार्जका कारण बारका महासचिव लीलामणि पौडेल, उपाध्यक्ष रक्षा बस्याल, पूर्वउपाध्यक्ष कुमार शर्मा आचार्य, पूर्वकेन्द्रीय सदस्य रमण कर्ण, उच्च बार पाटनका सदस्य मुकुन्द भट्टराई र केन्द्रीय सदस्य प्रकाश महर्जन घाइते भएको नेपाल बारले जनाएको छ। त्यसलगत्तै काठमाडौं प्रशासनले सशस्त्र प्रहरी बलको टोली पनि परिचालन गर्न आदेश दिएको थियो ।

यसैवीच नेपाल बारले कानुन व्यवसायीमाथि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराकै निर्देशनमा आक्रमण भएको ठहर गरेको छ । वारले जारी गरेको विज्ञप्तिम शान्तिपूर्ण विरोध सभामा प्रधानन्यायाधीशको ठाडो आदेशमा हतियार सहितका सुरक्षाकर्मीहरु अदालतभित्रै प्रवेश गराई कानून व्यवसायी माथि अत्याधिक बल प्रयोग गर्दै हातपात गरेको उल्लेख गरिएको छ। त्यस्तै शुक्रबार सर्वोच्च अदालतका बन्दीप्रत्यक्षीकरणका मुद्दा तोकिएका इजलाससंगै सबै बेन्च बहिष्कार गर्ने भएका छन ।