बिहिबार, बैशाख १३, २०८१

राष्ट्रिय विभूति शंखधर साख्वाःले शुरु गर्नुभएको नेपाल सम्बतको महत्व आफैमा पृथक : प्रम देउवा

काठमाडौं, कात्तिक १९ ,
नेपाल सम्बत ११४२ नयाँ वर्ष शुभारम्भको अवसरमा न्हूदँ समारोह मुल समितिले झीगु म्हसीका, झीगु गौरव राज्य छयलेमा नेपाल संवत ! राष्ट्रिय जनगणनाय झीगु सहभागिता, झीगु सजकता झीगु आवश्यकता !! भन्ने मुल नारासहितआज राजधानीमा आयोजित कार्यक्रमलाइ सम्बोधन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले जनताको ऋण तिरेर दासत्वबाट मुक्ति दिलाउँदै राष्ट्रिय विभूति शंखधर साख्वाःले शुरु गर्नुभएको नेपाल सम्बतको पृथक महत्व रहेको बताउँदै यस सम्बतलाई राष्ट्रिय सम्बत मात्र नभइ अन्तराष्ट्रिय सम्बतको मान्यता दिलाउने प्रयासको थालनी गनपर्ने बताउनुभएको छ ।

त्यस्तै उहाँले नयाँ वर्षको शुरुवात भएसँगै देशमा शान्ति, उन्नति प्रगति कायम हुने विस्वास व्यक्त गर्दै कोभिड महामारीले थिलथिलिएको नेपाली समाजले पछिल्लो समय क्रमस त्राण पाउन थालेको बताउनुभयो । त्यस्तै उहाँँले नेपाल सम्बत ११४२ को भित्रे पात्रो विमोचन पनि गर्नुभयो ।

न्हूदँ राष्ट्रिय समारोहका संयोजक निरञ्जनरत्न शाक्यको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा जनकवि दुर्गालाल श्रेष्ठले राष्ट्रिय शंखधर शाख्वाः र नेपाल सम्बतसम्बन्धि आफ्नो नयाँ कविता वाचन गर्नुभएको थियो ।