बिहिबार, बैशाख १३, २०८१

राजीनामाको एक एकसूत्रीय माग सहित सर्वोच्चमा कानुन व्यवसायीको धर्ना सहितका प्रदर्शन जारी

जारी प्रदर्शका वाजुद पनि दुई एकल र सात संयुक्त इजलासबाट आधा दर्जन मुुद्धाको फैसला

काठमाडौं मंसिर १,
सर्वोच्च अदातल परिसरमा कानुन व्यवसायीले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग गर्दै आज पनि धर्ना सहितको प्रदर्शन गरेका छन । नेपाल बार एशोसिएसनको अगुवाइमा वकिलहरुले प्रधानन्यायाधीश जबराले राजीनामा माग्दै प्रदर्शन गर्दै गर्दा आन्दोलनरत पक्षलाय प्रन्या जवराले संवादको लागि आव्हान गरेपनि नेपाल बारले प्रन्या संग कुनै किसिमको संवाद नहुने जनाउ सहित राजीनामाको एकसूत्रीय माग गर्दै आएको छ ।

यसैवीच सर्वोच्चमा जारी आन्दोलनका वावजुद पनि प्रधानन्यायाधीश जबरालेआज तोकेको दुई एकल र सात संयुक्त इजलासबाट छवटा मुद्दाको फैसला भएको छ भने दुई मुद्दामा आदेश जारी भएको छ ।
आज प्रन्या जबराले न्यायाधीश दीपकुमार कार्की र आनन्दमोहन भट्टराई, मीरा खड्का र प्रकाशमान सिंह राउत, विश्वम्भरप्रसाद श्रेष्ठ र सुष्मालता माथेमा, बमकुमार श्रेष्ठ र मनोजकुमार शर्मा, टंकबहादुर मोक्तान र नहकुल सुवेदी, प्रकाशकुमार ढुंगाना र कुमार रेग्मी तथा तेजबहादुर केसी र कुमार चुडालको संयुक्त इजलास तोक्नुभएको थियो । साथै न्यायाधीश हरिकृष्ण कार्की र हरिप्रसाद फुयालका लागि एकल इजलास तोकेका थिए ।