बिहिबार, बैशाख १३, २०८१

राजपत्रमा अझै प्रकाशित हुन सकेन सर्वोच्चको संशोधित नियमावली 

  सोमवारका लागि प्रन्या जवराले आफु बाहेकको १२ वटा इजलासमा पेसी तोक्यो 

काठमाडौं मंसिर ६ ,

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सोमबारका लागि ४५४ वटा रिट निवेदन र मुद्दाका लागि निरुपणका लागि ११ वटा संयुक्त इजलास र एउटा एकल इजलास गरि कुल १२ वटा इजलासमा पेसी तोकेका छन ।

तर आज तोकिएका इजलासमा प्रधानन्यायाधीश जबराले आफ्नो लागि कुनै इजलास राखेका छैनन् । अन्य न्यायाधीशहरूले प्रधानन्यायाधीशसँग बेन्च सेयर नगर्ने र आफूलाई इजलासमा समेत नराख्न आग्रह गरेपछि प्रधानन्यायाधीश जबराले केही दिनदेखि आफू बाहेकको इजलास तोक्दै आइरहेको छन ।

त्यस्तै गत बुधबार सर्वोच्च अदालतको पूर्ण वैठकबाट गोलाप्रथाबाट पेसी तोक्नका लागि नियमावली संशोधन गरे पनि सै।शोभित नियमावली आजका मिति सम्म पनि राजपत्रमा प्रकाशित नभएसंगै गोलाप्रथा सुरु हुन सकेको छैन ।

विभागले संशोधित नियमावली प्रकाशनमा ल्याएलगत्तै सर्वोच्च अदालतका सबै न्यायाधीश सम्मिलित पूर्ण बैठकले गोलाप्रथा लागू गर्ने दिन तोकेर निर्णय गर्ने र त्यसलगत्तै कार्यान्वयनमा आउने सर्वोच्च प्रशासनले जनाएको छ ।