शुक्रबार, बैशाख ७, २०८१

राजनीतिक क्रान्तिसँगै अबको दिनमा आर्थिक क्रान्तिलाई अगाडि बढाउँनुको विकल्प छैन : नेता सिंह

नेता सिंहले भने- उच्चस्तरीय समन्वय समिति सरकारलाई कन्ट्रोल गर्ने नियोजित योजनाको उपज

काठमाडौं कार्तिक २४,

प्रजातन्त्रका पिता लौह पुरुष गणेशमान सिंहको आज १ सय ७ औँ जन्म जयन्ती मनाइँदैछ । मुलुकमा जहाँनिया राणा शासनको अन्त्य गरी प्रजातन्त्र स्थापना तथा २०४६ सालको बहुदलीय प्रजातन्त्र स्थापनाका लागि भएको आन्दोलनको नेतृत्वलगायतका भूमिकामा सिंहको अविस्मरणीय योगदान रहेको छ । नेपाली कांग्रेसका संस्थापक नेतासमेत रहेका सर्वोच्च् नेता सिंहको जन्मजयन्तीका अवसरमा विहान काठमाडौं महानगरपालिका वडा १५स्थित शोभा भगवतीमा उहाँको शालिकमा माल्यार्पण गरिएको छ ।

लौह पुरुष गणेशमान सिंहले आफ्नो जीवनकालमा कुनै पनि लाभको पदमा नबसी सेवा गरेकोले त्यागी नेताका रुपमा तमाम नेपालीले सम्मान गर्दै आइरहेका छन । उहाँको १९७२ कार्तिक २४ गते काठमाडौंको यट्खा टोलमा जन्म भएको थियो भने २०५४ साल असोज २ गते निधन भएको थियो ।

यसैवीच महानगरपालिका वडा १५ स्थित शोभा भगवतीमा  प्रजातन्त्रका पिता लौह पुरुष गणेशमान सिंहको   शालिकमा माल्यार्पण  पछि  काँग्रेसका पूर्व महामन्त्री समेत रहेका  स्व: सिंहका सुपुत्र तथा कांग्रेसका नेता प्रकाशमान सिंहले गठबन्धन सरकारले पछिल्लो समय सरकार सञ्चालनको सहजीकरणको नाममा बनाएको ११ सदस्यीय समन्वय समितिको कुनै अर्थ नभएको प्रतिक्रिया दिनुभएको छ। त्यस्तै उहाँले संविधानले पकिल्पनानै नगरेको संविधान विपरित गठन गरिएको यसकिसिमको उच्चस्तरीय राजनीतिक समिति वा समन्वय समिति जे नाम दिए पनि सरकारलाई कन्ट्रोल गर्ने निहित योजना सिवाय अरु केहि नभएको अभिमत व्यक्त गनुभएको छ । त्यस्तै पछिल्लो समय न्यायालयमा देखिएको गतिरोध अन्त्यका लागि सरकारले पहल गर्नु ढिला भइसकेको जनाउ दिदै सरकार यस विषयमा मुकदर्शक भएर बस्न नमिल्ने जनाउ सहित अब हुने चुनावमा कांग्रेसले कसैसँग तालमेल नगर्ने र आफ्नै बलबुताले चुनाव लड्ने बताउनुभयो ।


त्यस्तै नेता सिंहले मुलुकको प्रजातान्त्रिक आन्दोलनमा आफ्ना पिता एमव् सर्वोच्च नेता सिहले पुर्याउँनु भएको योगदानको स्मरण गर्दै लामो संघर्ष पश्चात् देशमा उपलब्ध संविधान, गणतन्त्र र संघीयता संस्थागत गर्नका लागि स्थानीय र प्रान्तीय सरकारलाई कानुन निर्माण गरेर अधिकार प्रदान गर्नुपर्ने जनाउ सहित उहाँले राजनीतिक क्रान्तिसँगै अबको दिनमा आर्थिक क्रान्तिलाई अगाडि बढाइनुपर्ने विचार अभिव्यक्त गर्नुभएको छ।

 

 

 

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2021
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031