शुक्रबार, बैशाख १४, २०८१

यस्तो छ भाइटीकाको शुभ साइत

काठमाडौं कात्तिक १६,
भाइटीकाको साइत ११ बजेर २ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । समितिले सार्वजनिक गरेको शुभ साइत अनुसार कात्तिक २० गते बिहान ११ बजेर २ मिनेटको समय वर्ष २०७८को भाइटीकाको शुभ साइत रहेको जनाएको छ ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिले दशैं र भाइटीकाको साइत सार्वजनिक गर्दै आएको छ । यद्यपी भाइटिका लगाउन शुभ साइतमा नभ्याए सूर्यास्त नभएसम्म भाइटीका लगाउन कुनै समस्या नरहेको जानकारी समेत समितिले दिएको छ ।