शनिबार, बैशाख ८, २०८१

यस्तो छ- काँग्रेस केन्द्रीय महाधिवेशन र प्रदेश अधिवेशनको नयाँ कार्यतालिका

काठमाडौं मंसिर १३,
नेपाली काँग्रेसको १४ औं केन्द्रीय महाधिवेशनको प्रदेश अधिवेशन तथा केन्द्रीय महाधिवेशनको नयाँ कार्यतालिका आज साँझ प्रकाशन भएको छ ।

प्रकाशित ननयाँ कार्यतालिमा १४ औं केन्द्रीय महाधिवेशन उद्घाटन मंसिर २४ गते हुने उल्लेख गरिएको छ । त्यस्तै केन्द्रीय महाधिवेशनको उम्मेदवारको मनोनयन मंसिर २५ गते बिहान १० देखि साँझ ५ बजेसम्म तय गरिएको उल्लेख गरिएको छ भने मंसिर २६ गते मनोनयन पत्रमाथि पर्ने दाबी, विरोध दर्ता, मनोनयन फिर्ता एवम् उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने समयसिमा तोकिएको निर्वाचन समितिले जनाएको छ । त्यस्तै मंसिर २७ गते बिहान ८ बजेदेखि मतदान सुरु हुने भएको छ ।

यसैगरी, काँग्रेसको प्रदेश अधिवेशन मंसिर १६ र १७ देशका सात वटै प्रदेश अधिवेशनको उद्घाटन हुने त्यस्तै मंसिर १६ गतेनै मतदाता नामावली प्रकाशन गर्ने, मंसिर १७ गते उम्मेदवारको मनोनयन दर्तासंगै मनोनयन पत्र उपर दाबी विरोध र मनोनयन फिर्ता एवम् अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका तय गरिएको छ भने मंसिर १८ गते बिहान ८ बजेदेखि प्रदेश अधिवेशनको मतदान सुरु हुने कार्यकातिकामा उल्लेख गरिएको छ।