शुक्रबार, चैत्र १६, २०८०

माओवादीको राष्ट्रिय सम्मेलन आगामी पुस ११ देखि १३ सम्म काठमाडौँमा हुने

 एमसीसी  परिमार्जनसहित राष्ट्रिय सहमतिका आधारमा मात्र अगाडि बढाउने निर्णय

काठमाडौ कार्तिक २३ ,

नेकपा माओवादी केन्द्रको आज बसेको स्थायी समिति बैठकले सरकार सञ्चालनको लागि सहजीकरण गर्ने लक्ष्यसहित सोमवार गठित सत्तासाझेदार पाँच दलीय समन्वय समितिमा पार्टीका तर्फबाट अध्यक्ष प्रचण्ड’ र नेता नारायणकाजी श्रेष्ठले प्रतिनिधित्वको लागि भएको निर्णय अनुमोदन गरेको छ।

त्यस्तै बैठकले पार्टीको आसन्न राष्ट्रिय सम्मेलन आगामी पुस ११ देखि १३ सम्म काठमाडौँमा आयोजना गर्ने निर्णय संगै अमेरिकी सहयोग परियोजना [एमसीसी] परिमार्जनसहित राष्ट्रिय सहमतिका आधारमा मात्र अगाडि बढाउने निर्णय भएको पार्टी प्रवक्ता कृष्ण बहादुर महराले जानकारी दिनुभएकोछ । साथै उहाँले राष्ट्रिय सम्मेलनको आवश्यक तयारी संगै प्रदेश पदाधिकारीहरुको पार्टीगत संरचना विस्तारका लागि छलफल भएको जानकारी दिनुभयो ।